बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेघराज सापकोटा -गायक देव साहानीको नयाँ आधुनिक ‘तिमीलाई मैले पाँउछु’ बोलको गीत बजारमा आएको छ । लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक साहानीले आफ्नो सांगितिक यात्रालाई निरन्तरता दिने क्रममा उक्त गीत बजारमा ल्याउनुभएको हो ।

आफ्नै शव्द, संगीतमा रहेको उक्त गीतमा भने साहानीलाई पुष्प बोहराले आवाजमा साथ दिनुभएको छ । महेश महराको निर्देशन तथा छायाङकन, विरेन्द्र भाट विपिन र दिलिप योन्जनको सम्पादनमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियोको मुख्य अभिनयमा भने आर्यन श्रेष्ठ र कञ्चन विसी देखिनुभएको छ ।

साहनीले नेपाली संगीत बजारमा सालैजो, कौडा, पञ्चेबाजा, दशैका गीतहरु लगायत दर्जनौ चर्चित गीतहरु बजार ल्याउनुभएको छ । अन्य गीतहरुलाई जस्तै माया गरिदिन र सुनेर, हेरेर सुझाव, सल्लाह दिन दर्शक स्रोतालाई आग्रह समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया