शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं –  वर्षा मौसमका साथ मानिसमा टाउको दुख्ने समस्या पनि बढ्न सक्छ । यसका लागि उपचारमा ख्याल गरिहाल्नुपर्छ । सामान्य समस्या हो भन्दै हामी उपचार गर्न जाँदैनौँ । केही समयमै सन्चो हुन्छ अथवा केही दिनमा ठीक हुन्छ भन्दै हामी टाउको दुख्ने समस्यालाई उति ख्याल गर्दैनौँ । यदि टाउको दुख्ने समस्यालाई हामीले लगातार बेवास्ता गरेको खण्डमा अरू बढी समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।

टाउको दुख्न थाल्यो भने सकेसम्म चाँडै चिकित्सककहाँ पुगेर समस्या बताइहाल्नुपर्छ । टाउको दुख्ने विभिन्न कारण हुन सक्छ । चिकित्सकको सल्लाहबमोजिम उपचार प्रक्रिया अगाडि बढाउनुपर्छ ।

कहिलेकाहीँ आँखाको पावरमा उतारचढाव आउँदा पनि टाउको दुख्न सक्छ । त्यसका लागि आँखाको जाँच गर्न जरुरी छ ।


बिस्तारै टाउको दुख्ने समस्या बढ्दै गयो भने यो माइग्रेनको लक्षण पनि हुन सक्छ । त्यसैले तुरुन्त चिकित्सककहाँ पुगिहाल्नुपर्छ ।’

कहिलेकाहीँ एकदमै टाउको दुख्न सक्छ । यसका लागि खाली पेट बस्नु हुँदैन । खानपानमा निकै संयमित हुनुपर्छ ।

अत्यधिक टाउको दुखेका वेला राति दूध पिउने हो भने टाउको दुख्न कम हुन्छ ।

टाउको दुख्न थालेसँगै चिसो पानीले आफ्नो मुख र टाउको धुन सकिन्छ । तर, लगातार धुनु हुँदैन ।

 

तपाईको प्रतिक्रिया