व्यवसायी शरद गौचनको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको भन्दै एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिबारे प्रहरीले कुनै परिचय खुलाएको छैन । आजै पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने प्रहरीको तयारी छ । स्रोतका अनुसार ती व्यक्ति हत्यामा प्रयोग भएको मोटरसाइकलको पछाडि बसेर भागेका थिए ।

असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित