नर्सिङ होमका पूर्व कर्मचारीले वृद्धलाई तातोपानीमा डुबाएर मारे

टोकियो–८३ वर्षीय वृद्धालाई तातोपानीमा डुबाएर मारेको अभियोगमा टोकियो प्रहरीले  नर्सिङ होमका पूर्व कर्मचारीलाई पक्राउ गरेको छ ।
२५ वर्षीय हिसाशी मिनाकावाले वृद्ध काना फुजीसावाको हत्यामा संलग्न रहेको स्वीकारेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । पार्किनोन रोगका कारण शरिरको तल्लो भागमा समस्यामा रहेका फुजीसावाले बारम्बार ओछ्यानमा चिसो बनाउने र उठ्न अस्वीकार गर्ने गरेका कारण आफुले हत्या गरेको मिनाकावाले प्रहरी समक्ष बताए ।
नीजि हाइस्कूलका पूर्व प्रधानाध्यापक रहेका फुजिसावालाई मिनाकावाले अगस्त २२ को दिन अघिल्लो राती धेरै पटक ओछ्यान चिसो बनाएको र आफ्नो रोगसँग संर्घष गर्न कठिनाई भइरहेको अवस्थामा बाथटपको तातो पानीमा डुबाएर हत्या गरिएको मिनाकावाको भनाईलाई उदृत गर्दै प्रहरीले जनायो ।
फुजीसावाले बाथको सुविधा लिने मौका पारी रातीको सिफ्टमा काममा रहेका मिनाकावाले उनको हत्या गरेका थिए । पक्राउ पर्नु पहिले नर्सिङहोममा रहेको आकस्मिक कलको जाँच गर्दा कुनै कल रेकर्ड नभेटिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित