बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
टोकियो-जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरु बीच परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना हुने भएको छ ।
वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको संयोजन र नेवा:जागरण मंच जापानको आयोजनामामा हुने उक्त कार्यक्रम यहि नोवेम्बर १५ तारेखमा क्योटोमा हुनेछ।
नेपालका विभिन्न जिल्लाहरुबाट जापानको कान्साई क्षेत्रमा आइ बसोबास गरिरहेका नेपालीहरुको एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
क्योतोको कावारामाची स्थित हिमालय रेस्टुरेन्टमा साँझ १७:०० बजेबाट सुरु हुने कार्यक्रममा जापानबासी नेपालीहरुलार्इ उपस्थितका लागि आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम हुने स्थान :
Himalaya Restaurant, Kyoto,
Green Land Bldg,6F, Maruya-Cho 406,Sanjyo Agaru, Kawaramachi Doori, Nakagyo-Ku, Kyoto-Shi, Kyoto.

तपाईको प्रतिक्रिया