शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
Nagasaki Kenei Bus Shimabaraनागासाकीबाट शिम्बारा प्रयाद्वीप जाने बसमा यात्रा गर्दै। तस्वीर: नेभिन थम्पसन।

तामुरा केनिचिले अभूतपूर्व उपलब्धि हासिल गरेका छन् उनले जापानको एक कुनाबाट अर्को कुनाको यात्रा सार्वजनिक बसबाट गरेका छन्।

त्यसमाथि उनले ओलेओलेस्यागी युजरनेमबाट उनको यात्राका भिडियो (२२० भिडियो) प्लेलिस्टका रूपमा युट्युबमा पोस्ट गरेका छन्।

यस श्रृंखलाको पहिलो भिडियो जापानको सबैभन्दा उत्तरमा रहेको बस्ती वाक्कानाइबाट सुरु हुन्छ। यो बस यात्रा दुर्गम सी अफ ओखोत्स्क समुद्री किनारा हुँदै जान्छ र जापानका केही अति सुन्दर दृश्यावलोकन गराउँछ। एघार घण्टाभन्दा बढी लामो सम्पूर्ण यात्रा यस भिडियोमा समेटिएको छैन तर जापानबारे जान्न यो अत्यन्त राम्रो तरिका रहेको अनुवादक संजीव चौधरीले उल्लेख गरेकाछन् ।

बढी भिडियो तथा तीन वर्षपछि ओलेओलेस्यागी आफ्नो यात्रा कागोशिमा स्टेशनमा आफ्नो यात्रा टुंग्याउछन् उ यस दौरान उनले कम्तिमा २,६०० किलोमिटरको दुरी तय गर्छन्। उनको सम्पूर्ण यात्रा यहाँ हेर्नसकिन्छ।

प्लेलिस्ट विवरणका अनुसार ओलेओलेस्यागीले आफ्नो यात्रा पुरा गरिसकेका छैनन् र उनले विभिन्न बस रूट भ्रमण गरेर तिनीहरूको विस्तृत विवरण राख्ने तथा बसबाट एक दिने ओकिनावा भ्रमणद्वारा यस श्रृंखलाको अन्त्य गर्ने योजना गरेका छन्।

ओलेओलेस्यागीका भिडियो युट्युबको “फ्रन्ट भ्यू” (前面展望जेनमेन तेन्बो) भनिने विधाभित्र पर्दछ। यसअन्तर्गत रेल वा बसप्रेमीहरूले जापानभरिका ट्रेन तथा बस रूटका भिडियो रेकर्ड तथा अपलोड गर्छन्।

अर्को भिडियोमा ओलेओलेस्यागी जापानी समुद्रको किल्ला भएको शहर कानाजावाबाट प्राकृतिक तथा दुर्गम नोतो प्रायद्वीपको पश्चिम समुद्रतटसम्मको १०० किलोमिटरको दुरी बसबाट तय गर्छन्।

भिडियोको अन्त्यतिर बस समुद्रतटका एकान्त शहरहरूतिर लम्किदैं गर्दा बसभित्रको आत्मीय तथा जोशपूर्ण कुराकानी हेर्दा बसचालक यस ग्रामीण क्षेत्रमा यी पारवहन सेवामा भरपर्ने यात्रुहरूसँग निकै नै घुलमिल भएको प्रतीत हुन्छ।

ओलेओलेस्यागीको युट्युब च्यानलमा जापानभरिका बस तथा ट्रेन भ्रमणका “फ्रन्ट भ्यू”का दर्जनौं प्लेलिस्ट र सयौं भिडियो राखिएका छन्। उनको फेसबूक र ट्वीटर अकाउन्ट पनि छ, साथै जापानका प्राय जसो सबै मुख्य ट्रेन स्टेशनहरूमा बेचिने “एकिबेन” नामक बट्टाको स्थानीय परिकारहरू उनको घरको भान्सामै हुबहु बनाउँने कार्यमा समर्पित भिन्दै युट्युब च्यानल पनि छ । (साइटमा हेर्न सजिलोका लागि लिंक राखिएको छ ।)

तपाईको प्रतिक्रिया