शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – टोकियोमा नेपाली चलचित्र ’ए मेरो हजुर-२’ प्रदर्शन हुने भएको छ ।
आउँदो १९ तारिख आइतवार मेगुरो कुमिन सेन्टरमा उक्त कथानक चलचित्र प्रदर्शन गरिने आयोजकका तर्फबाट ब्यवसायी नविन थापा मगरले समुद्रपारिलाई बताए ।
झरना थापा निर्मात्री रहेको उक्त चलचित्रमा सलिन बनियाँ र सामाज्ञ्री राज्य लक्ष्मी शाहको प्रमुख भूमिका रहेको छ । साँझ ५ बजेदेखि प्रदर्शन गरिन लागेको सो चलचित्रको टिकट शुल्क प्रतिब्यक्ति २ हजार येन रहेको छ ।
चलचित्र तोचिगी र नागोयामा पनि प्रदर्शन गरिने कार्यक्रम रहेको बताईएको छ ।
जापानमा नेपालीहरुको संख्यामा आएको बृद्धिसंगै जापानमा पनि नेपाली चलचित्रको प्रदर्शन बढ्दै गईरहेको छ । पछिल्ला समयमा जापानमा हरेक महिनाजसो कुनै न कुनै नेपाली चलचित्र प्रदर्शन हुने गरेका छन् ।***
https://www.facebook.com/100013262046910/videos/373131716472227/

 

तपाईको प्रतिक्रिया