शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – एनआरएन क्युस्यु क्षेत्रिय कमिटीले दुई उपसंयोजक सहित ८ जनालाई कार्वाही गरेको संयोजक लक्ष्मण बानियाँले जनाएका छन् ।

क्युसुका उपसंयोजकद्वय देवराज उप्रेती र नवराज गौतम, सल्लाकारहरु छत्र दाहाल, किरण बर्मा, कोषाध्यक्ष दिलेन्द्र जोशी, सदस्यहरु पंकज बजगाई, प्रेम गुरुङ, आशिष खड्गीलाई संस्थाको नियम विपरित कार्य गरेको भन्दै २०१७-२०१९ कार्यकाल अवधिभर कुनै पनि सदस्यता नरहने गरी कार्वाही गरिएको संयोजक बानियाँले बिज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

एनआरएन एनसीसी जापानले क्षेत्रलाई दिएको अधिकार प्रयोग गर्दै कार्वाही स्वरुप पदमुक्त गरिएको संयोजक बानियाँद्वारा प्रेषित बिज्ञप्तीमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया