बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – इराक र इरानको उत्तरी सीमामा आज गएको शक्तिशाली भूकम्पमा परी २ सय १४ जनाको मृत्यु भएको छ । इराकको कुर्द शहर हलब्जा नजिकै केन्द्रबिन्दु पारी ७ दशमलव ३ म्याग्नीच्युडको भूकम्पमा गएको हो ।भुकम्पबाट इरानको पश्चिमी करमानशाह प्रान्त र इराकमा गरी २ सय १४ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । ३ हजारभन्दा बढी घाईते भएका छन् । भूकम्पबाट सबैभन्दा बढी इरानको सारपोल ए जहावशहर प्रभावित भएको छ । त्यहाँ आसपासका ८ वटा गाउँमा क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।भूकम्पपछि गएको पहिरोका कारण केही स्थानमा प्रभावितहरुको उद्धारमा कठिनाई भएको बताईएको छ । सो क्षेत्र आसपासका गाउँहरुमा बिजुली तथा दुरसञ्चार सेवा ठप्प भएका छन् । टर्की, इजरायल र कुवेतमा समेत भूकम्पको धक्का महसुश गरिएको थियो ।अमेरिकी भौगर्भिक सर्वेका अनुसार इरानको कुर्द शहर हलबजा भन्दा ३२ किलोमिटर दक्षिण पश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । अन्तर्राष्ट्रिय समय अनुसार आज बिहान ६ बजेर १८ मिनेट जाँदा ३३ दशमलव ९ किलोमिटर गहिराईमा भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया