बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – गङ्गेश्वरी जागरण पुरस्कार तथा सम्मानबाट वरिष्ठ साहित्यकार एवं सञ्चारकर्मी दाहाल यज्ञनिधिलाई सम्मान गरिने भएको छ ।

गङ्गेश्वरी प्रतिष्ठानले सामाजिक रुपमान्तरणका लागि सांस्कृतिक जागरणका क्षेत्रमा कार्यरत व्यक्तित्वलाई प्रदान गर्ने पुरस्कारबाट दाहाललाई सम्मान गर्न लागेको हो ।

समाजमा विद्यमान अन्धविश्वासविरुद्धको अभियानमा लागेकालाई यो वर्षदेखि पुरस्कार दिन लागिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कार राशी १० हजार रुपैयाँ र कदरपत्र रहनेछ ।

कार्यक्रम काठमाडौंको मिडिया इन्टरनेशनल अनामनगरमा सोमबार दिउँसो पौने ३ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया