शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मुलुकको पुर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रुपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला गरेको छ ।

आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकलिो साढे ११ रुपैयाँमा खरिद गरेको फेला पार्यो ।

एनएसवी टे«ड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, परवर, भान्टा प्रतिकिलो मुल्य ११ रुपैयाँ ५० पैसाको दरले ७ हजार ५ सय किलो खरिद गरेको थियो ।

सोही दिन कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले प्रतिकिलो काउलीको हालसेल मुल्य ७५ रुपैयाँ भिन्डी १ सय रुपैयाँ, परवर ७० र भान्टा ६५ रुपैयाँ तोकेको थियो ।

होलसेल मुल्यमा ७५ रुपैयाँ पुग्दा खुद्रा बजारमा काउलीको मुल्य १ सय ४० रुपैयाँसम्ममा विक्रि भएको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार स्थानीय बजारमा व्यवासयीले प्रतिझोला २५ रुपैयाँमा काउली र २० रुपैयााँ रायोसाग खरिद गदैै आएका छन् ।

तपाईको प्रतिक्रिया