बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – बृहत प्रदर्शनका बाबजुद स्पेनी प्रधानमन्त्री मारियानो रजोयले क्याटलोनियाको भ्रमण गरेका छन् ।

क्याटलोनियामा प्रत्यक्ष शासन लागु गरेपछि प्रधानमन्त्री रजोयले पहिलो पटक भ्रमण गर्नु भएको बीबीसीले उल्लेख गरेको छ । उनले आगामी डिसेम्बरमा हुने क्षेत्रिण् चुनावले क्याटलोनियाको प्रथकतावादी सोच अन्त्य हुने बताएका छन् ।

यसैबीच स्पेनी अदालतले नियन्त्रणमा लिएको स्वतन्त्र पक्षधर क्याटलान नेताहरुको रिहाईको माग गर्दै ७ लाख बढी प्रदर्शनकारी सडकमा उत्रिएको बार्सीलोना प्रहरीलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्याटलान सरकारले एकतर्फी स्वतन्त्र राज्य घोषणा गरेपछि पछिल्लो समय क्याटलोनियामा विवाद चुलिएको छ ।

गत अक्टुबरमा स्वतन्त्र राज्यको पक्षमा क्याटलोनियामा गरिएको जनमत संग्रहको निर्णयलाई स्पेनिस अदालतले कार्यान्वयनमा रोक लगाएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया