शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानमा ज्वालामुखीबाट उत्पन्न भएका प्रशस्त ओन्सेन अर्थात तातोपानीका कुण्डहरु छन् । जापानको एक प्रमुख ब्यवसाय मध्यमा ओन्सेन पनि एक हो । जापानको इतिहासमा मेइजीकालसम्म महिला र पुरुषहरु संगै तातोपानीको पोखरीमा बस्ने गरेको इतिहास छ ।
त्यसपछि बिस्तारै महिला र पुरुषको ओन्सेन फरक फरक गर्न थालियो । ओन्सेनमा साधारणतयाः महिलाहरुले टावलले आफ्नो शरिरका गोप्य अंगहरु ढाक्ने गर्दछन् भने पुरुषहरु चाहिं नग्न शरिर लिएर ओन्सेन बस्ने गर्दछन् । आजकाल महिला र पुरुष संगै बस्न मिल्ने ओन्सेनहरु पाउन मुश्किल पर्छ । यस्तो खालको ओन्सेनलाई कोन्योकु भनिन्छ । साधारणतया यस्ता ओन्सेन पाउन गाह्रो भएपनि अझैपनि त्यस्ता केहि ओन्सेनहरु छन् जहाँ महिला पुरुष संगै बस्न सक्छन् र प्रख्यात पनि छन् । ति मध्ये प्रख्यात ७ ओन्सेनहरु निम्न छन् ।
१. ताकारागावा ओन्सेन, गुन्माकेन : यो ओन्सेन तोनेगावाको साइडमा पर्दछ । जापानीहरुको बिचमा यो ओनसेन प्रख्यात छ । बिशेष गरी शरद ऋृतुमा यहाँ पर्यटकहरुको भिड लाग्ने गर्दछ । बस्ने होटेल सहित प्रयोग गर्न पनि सकिन्छ । यो ओन्सेनमा १,५०० येन तिरेर १ दिनभरीको लागि प्रयोग गर्न पाईन्छ ।

२. होटेल कोजोकाकु, गुन्माकेन : यो गुन्माकेनको मिनाकामी सहरमा पर्दछ । यसको संगै स्की खेल्ने ठाउँ र अन्य प्राकृतिक दृष्यहरु छन् । यहाँको प्रबेश शुल्क ८०० येन पर्दछ ।

३. युमोरी तानाकाया, तोचिगीकेन : यो तोचिगीकेनको नासुसिओबारा सहरमा पर्दछ । यो ओन्सेनपनि होटेल सहित प्रयोग गर्न सकिन्छ । तोचिगीकेनको केन्द्र उचुनोमियाबाट करिब १ घण्टामा यहाँ पुग्न सकिन्छ । यहाँ दिनभरिको लागि १ हजार येनमा प्रयोग गर्न सकिन्छ ।

४. होन्के बान्क्यु, तोचिगी : यसको स्थापना सन् १५७३ मा भएको हो । पाहुनाहरुको बिबिध रोगको उपचार गर्नको लागि होन्के बान्क्युले यो ओन्सेन सञ्चालन गरेको भनाई छ । परम्परागतरुपमा यो ओन्सेनलाई प्रख्यात मानिन्छ ।

५. हामा नो यु (ओसिमा) : यो टोकियो तो अन्तरगतको इजु टापुमा पर्दछ । यहाँबाट सामुद्रिक दृष्यको मज्जा लिन पाईन्छ । यहाँ दिनभरीको पासको लागि ३०० येन मात्र पर्दछ । यो ओन्सेनमा स्विम सुट अनिबार्य गरिएको छ ।

६. आसिचुकी (सिकिनेजिमा) : यो ओन्सेन सिकिनेजिमा नामको सानो टापुमा पर्दछ । यो २४ सै घण्टा प्रयोग गर्न मिल्ने ओन्सेन हो । यसमा प्रबेश शुल्क लाग्दैन । सामुद्रिक दृष्यको आनन्द लिंदै तातोपानीमा बस्न पाईने हुनाले यो पनि प्रख्यात ओन्सेन मध्य पर्दछ ।

७. मियाको र्‍योकान (आराकावामुरा) : यो साइतामा प्रिफेक्चरमा पर्दछ । सहरको ब्यस्त स्थानबाट आराम लिनको लागि यो पनि उपयुक्त मानिन्छ । यसमा होटेल पनि संगै प्रयोग गर्न पाईन्छ । यसको प्रबेश शुल्क १,५०० येन रहेको छ । ***
(स्रोतः जापान टुडे)

तपाईको प्रतिक्रिया