शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय सदस्यमा कलेन्द्र विक्रम शाहीलाई मनोनित गरेका छन् ।

राप्रपाको विदेशमा सक्रिय भातृ संगठन प्रवासी नेपाली एकता समाजका संस्थापक तथा समाजको अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष समेत रहेका शाहीलाई अध्यक्ष थापाले पार्टीको विधान अनुसार केन्द्रिय सदस्यमा मनोनित गरेका हुन ।

राप्रपाले शाहीलाई यहि मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उमेदवार समेत बनाएको छ । नेपालमा डोटी जन्म घर भएका शाहीले हाल  जापानमा अध्यापन र व्यवसाय संचालन गर्दै आएका छन् ।  नेपाल जापानबीचको मैत्री सम्बन्ध प्रगाढ बनाउन शाहीले  महत्वपूर्ण भूमिका निर्वाह समेत गर्दै आएका छन् ।

बुद्धिजीवि, सक्षम, सरल र समाजसेवी शाहीले नेपालको डोटी र अन्य जिल्लाहरुमा शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात लगायत विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका छन । हालसम्म २७ भन्दा बढि देशहरुमा भातृ संगठन विस्तार गरेको राप्रपाले विदेशमा रहेका नेता तथा कार्यकर्ताहरुलाई महत्वपूर्ण जिम्मेवारी, अवसर र स्थान दिएको केन्द्रीय सदस्य शाहीले बताए । प्रवासी नेपालीहरुको हक अधिकारको संरक्षण, समस्या समाधान एवं सम्बन्धित देशसँगको सम्बन्ध प्रगाढ बनाउन , विदेशमा सिकेको सिप र आर्जन गरेको पूँजीलाई स्वदेशमा भित्राउने उदेश्यले समाजको विस्तार गरेको शाही बताउछन ।

तपाईको प्रतिक्रिया