शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो–कावागुची शहर वरपर केही महिनामा दर्जनौ प्रौढ तथा वृद्धा महिलाहरुका पैसा राख्ने ब्याग खोसेको आरोपमा २३ वर्षीय युवकलाई साइतामा प्रहरीले पक्राउ गरेको छ ।
एक आवासीय क्षेत्रमा तोदा शहर निवासी तोमोया सुगावाराले साइकलमा हिडिरहेकी ५६ वर्षीय महिलाको पिछा गर्दै निजको ब्यागमा रहेको चार हजार येन खोसेपछि कसैको घरभित्र छिर्न लागेको अवस्थामा प्रहरीले उनलाई प्रक्राउ गरेको एनएचकेले जनाएको छ ।
पक्राउपछि अनुसन्धानका क्रममा उनले केही महिनादेखि प्रौढ तथा वृद्धा महिलाहरुको पिछा गर्दै पैसा राख्ने ब्याग खोस्ने गरेको प्रहरीले बताएको छ । ‘मेरो काम छैन, मलाई पैसा चाहियो’ सदिन्ध सुगावाराको भनाई उदृत गर्दै प्रहरीले भन्यो– मैले बारम्बार प्रौढ र वृद्ध महिलाहरुलाई लक्षित गर्दै कावागुची र वारावी शहरमा पैसा राख्ने ब्याग खोस्ने कार्यमा संलग्न भए । प्रहरीले सेप्टेम्बरदेखि यता ४० भन्दा बढी यसै प्रकारका कार्यमा सुगावाराको संलग्नता रहेको आशंका गरेको छ ।
यस्ता प्रकारका थप घटनाहरुलाई रोक्न बुधबारदेखि प्रहरीले कावागुची र त्यस वरपर हेलिकप्टर तथा सवारीका साधनबाट निरन्तर गस्ती गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया