शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकिया–टोकियो महानगरीय प्रहरीले नाागानो प्रान्तबाट मारिजुआना (गाजा) खेतीमा संलग्न संगठित अपराधका मालिकलाई पक्राउ गरेको छ ।
यामागुची गुमी नामक संगठित अपराधिक समूहका मालिक ४० वर्षिय काजुहिरो गोतो सहित अन्य दुईजनालाई विक्रीको उदेश्यले मारिजुआना (गाजा)को खेती गर्न लागिएको आरोपमा गिरफ्तार गरिएको टिभी असाहीको समाचारमा जनाइएको छ ।
प्रहरीले १०८ ओटा मारिजुआना (गाजा)को विरुवा र त्यसका लागि आवश्यक प्रकाशको उपकरण भेटाएको थियो । यसबारेमा थप जानकारी दिन गोतोले अस्वीकार गरेको प्रहरीले जनाएको छ ।
टिभी असाहीका अनुसार यामागुची गुमीका सदस्यले १४०० ग्राम लागु औषत आफ्नो जुत्ता भित्र लुकाएर अमेरिकाबाट हानदा विमानस्थलमा ल्याइएको पाइएपछि अनुसन्धान गर्दै जादा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले यामागुचीको कोष अभिवृद्धिका लागि मारिजुआना (गाजा)को खेती गर्न लागेको विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया