शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो–जापानमा विदेशी पर्यटकहरुको आगमनमा पाँच वर्ष यताकै उच्च रहेको जापानी अधिकारीहरुले बताएका छन् ।
गतवर्ष यस अवधिमा २ करोड ४० लाख भन्दा बढी पर्यटक आएकोमा यसवर्ष त्यो संख्या भन्दा धेरै पर्यटक जापानमा भित्रिएको जापानी पर्यटनमन्त्री केइइची इशिइले जानकारी दिए ।
नोभेम्बर ४ सम्मको तथ्यांक अनुसार २०१७ को  ९ महिनामा १७.२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको बताइएको छ ।
‘सरकारले यातायात पूर्वाधार लगाएतका क्षेत्रमा अझ सुधार र वृद्धि गरि पर्यटक भित्राउनमा जोड दिइरहेको छ’ पर्यटनमन्त्री इशिइले भने– हामी पर्यटकहरुका लागि अन्य विभिन्न स्रोतहरुको खोजीमा ध्यान केन्द्रीत गरिरहेका छौं ।
हाल चिनबाट ५.५६ मिलियन ११ प्रतिशत, दक्षिणकोरियाबाट ५.२२ मिलियन ४०.३ प्रतिशत र ताइवानबाट ३.४७ प्रतिशत बढि पर्यटक जापान भित्रिएको तथ्यांकहरुले देखाएका छन् ।

अधिकारीहरुले पर्यटक वृद्धिका निम्ति चिनिया र रुसीहरुका लागि भिजा छुट दिन सहमत रहेको उल्लेख गरिएको छ । दक्षिण कोरिया र हङकङले हवाई उडानमा सहयोग पुर्याएकोमा खुशी व्यक्त समेत गरेको छ ।

तपाईको प्रतिक्रिया