मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

 

काठमाडौँ – पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार मनु ब्राजाकीलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै ‘पहलमान सिंह स्वाँर प्रतिभा पुरस्कार’ साहित्यकार तीर्थ श्रेष्ठ, तारामान अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार प्रा डा प्रेमकुमार खत्री र ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका संस्थापक सदस्य रहेर महत्वपूर्ण योगदान पु¥याउने प्रतिष्ठानका सदस्य वरिष्ठ गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेललाई सम्मान गर्ने निर्णय भएको सो प्रतिष्ठानले जनाएको छ ।

ती पुरस्कार स्वाँरको जन्मजयन्तीका अवसरमा मंसिर ६ गते प्रदान गरिँदै आएकामा यस वर्ष केही समयपछि विशेष समारोहको आयोजना गरी प्रदान गर्ने निर्णय भएको पनि सो प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया