शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – रञ्जिता गुरुङ र विमल अधिकारीको अभिनय रहेको जिन्दगीको पाटो बोलको गीत बजारमा आएको छ । थुप्रै चर्चित गीत बजारमा ल्याएको मालती डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको यो गीत राजेन्द्र जि.सीको हो ।

देवी घर्ती मगर र राजेन्द्र जि.सीको आवाजमा सजिएको गीतको लय भने संगितकार रामु खड्काको रहेको छ । जि.सीकै शब्द रहेको गीतको म्युजिक भिडियो भने कपिल लामाले निर्देशन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया