मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

इस्लामाबाद – पाकिस्तानको एट्टोक जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । पन्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई छ ।
स्थानीय बासीन्दा, प्रहरी र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल पुयाएका छन् भने दुर्घटनास्थलबाट शवहरु बाहिर निकालेका छन् । मृतकमध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
अहिले पनि केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने अस्पतालका अधिकारीहरुले बताएका छन् ।
प्रान्तीय राजधानी लाहोरमा हुन लागेको धार्मिक सभामा सहभागी हुन एउटै बसमा ८२ जना यात्रु जादै गरेका थिए । बसमा धेरै यात्रु र तिब्र गतिका कारण बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

तपाईको प्रतिक्रिया