बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

परदेशमा रहेर पनि नेपाली लोकसंगीतको क्षेत्रलाई निरन्तरता दिने परदेशी गायकको नाममा परिचित सूर्य खड्काले ‘तरेउ काली खोला’ नामक पञ्चेबाजाको गीति एल्बमलाई बजारमा ल्याउनुभएको छ ।
मंसिर महिना यसैपनि बिहेका लगन हुने महिना त्यसैलाई मध्यनजर गरि जनता डिजिटल प्रा.लि. मार्फत कल्पना चालिसे ‘क्रिष्टिना’को प्रस्तुती रहेको उक्त एल्बममा गायक खड्का र चालिसेको स्वर रहेको छ भने लय आफैं खड्काले संकलन गर्नु भएको छ । सुमधुर स्वरका लागि शब्दको रचना चिरपरिचित शब्द संकलक शिव अखेलीको रहेको छ ।
बागलुङ कालिका मन्दिर परिसर र बागलुङ बजार वरपरका क्षेत्रमा छायांकन गरिएको भिडियोमा खड्का आफैंको अभिनय समेत रहेको छ । भने अन्य अभिनय गर्ने कलाकारहरुमा रविना, नरेश र सृजना रहेका छन् । सृजन बरुवालको निर्देशन र रेशम दर्लामीको छायांकनमा सो एल्बमको भिडियो तयार पारिएको छ ।
घरपरिवार छोडेर परदेशको यात्राका निस्कने क्रममा रहदा मनमा उत्पन्न हुने उथलपुथल भावनाहरुलाई गीति एल्बमको विषयवस्तुका रुपमा प्रस्तुत गरिएको छ । ( भिडियो सहित )

तपाईको प्रतिक्रिया