बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं –  अमेरिकाले आफ्ना नागरिकलाई क्यूवाका विषयमा नयाँ प्रतिबन्ध लगाएको छ ।

अमेरिकी सरकारले क्युवाका सरकारी कार्यालय वा संस्थानसँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

यसमा सरकारबाट सञ्चालित होटल र पसल पनि समेटिएका छन् । अमेरिकी सरकारको नयाँ नियमपछि अमेरिकी नागरिकले क्यूवाका १ सय ८० सरकारी र सैन्य स्वामित्व भएका कम्पनीसँग व्यापार गर्न पाउने छैनन् ।

यो प्रतिबन्धपछि अब अमेरिकी नागरिक पर्यटकको रुपमा मात्र क्युवामा जान सक्ने छन् ।

अमेरिकी सरकारले लिएको नयाँ कमदलाई पूर्वराष्ट्रपति बाराक ओवामाले क्यूवासँगको सम्बन्ध विस्तार गर्ने नीति फिर्ता गर्ने उद्देश्यले भएको बताइएको छ ।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवाका विषयमा ओबामा प्रशासनले लिएको नीति समाप्त गर्ने घोषणा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया