बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – ठूलो मान्छे बिरामी हुँदा सहजै बिरामी भएको बताउन सक्छन् । तर, सानो बच्चा बिरामी भएको थाहा पाउन गाह्रो पर्छ । न बच्चाले बोलेर बताउन सक्छन्, न अभिभावकले सहजै पत्ता लगाउन सक्छन् । बोल्ने नहुन्जेलसम्म बच्चालाई के भइरहेको छ भन्ने कुरा थाहा पाउन सहज छैन । बच्चाको हाउभाउ, खाना, शारीरिक अवस्था हेरेर बच्चालाई कस्तो छ भन्ने कुरा पत्ता लगाउनुपर्छ । कतिपय अवस्थामा बच्चा बिरामी भएको थाहा पाउन नसक्दा बिरामीको अवस्था निकै नाजुक हुन्छ । त्यसैले बच्चाको अवस्था पत्ता लगाउन यस्ता कुरामा ध्यान दिनुपर्छ :

अन्य समयमा जस्तो बच्चा फुर्तिलो भएर खेलेन भने मेरो बच्चालाई के भयो होला भनेर सोच्नुपर्छ, अभिभावकले ।

पहिलेभन्दा बच्चाको हाउभाउ, प्रतिक्रिया परिवर्तन भयो भने पनि बच्चा बिरामी भएको हुन सक्छ ।

– बच्चा अरू समयभन्दा धेरै रुनु, रोएको बच्चा फुलाउन नसक्नु पनि बिरामी बच्चाका केही लक्षण हुन् । यति मात्रै होइन, बच्चा रोएन र केही नगरी सुतिरह्यो भने बच्चाको स्वास्थ्यमा गडबडी भएको हुन सक्छ । यसले पछि ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले चाँडै अस्पताल लानुपर्छ ।

– बच्चाको नाकको पोरा फुल्यो भने बच्चा बिरामी भएको हुन सक्छ । बच्चाको शरीर निलो हुनु, एक्कासि बेहोस हुनु, लगातार बान्ता गर्नु, बान्ता भएर पिसाब कम हुनु गम्भीर बिरामीका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ अस्पताल लैजानुपर्छ ।

– बच्चाले आमाको दूध चुस्न सकेन भने बच्चा बिरामी हुन सक्छ ।

– बच्चालाई सास फेर्न अप्ठ्यारो भयो अथवा लगातार कोखा हानिरह्यो भने बच्चा बिरामी हुन सक्छ ।

तपाईको प्रतिक्रिया