शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

राजेशचन्द्र राजभण्डारी बागलुङ

नेपालमा अहिले निर्वाचनले देशलाई पुरै छाेपेकाे छ । गाउँ गाउँमा शहरमा समेत जताततै चर्चा छ भने निर्वाचन र बिकास कै छ  । मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनलाई  नेपाली काङ्ग्रेस र बामपंथी दलहरूले  जसरी भए पनि निर्वाचनमा बहुमत ल्याउने अनि देशमा केन्द्रीय सरकार बनाउने प्रदेशमा प्रदेश सरकार बनाउने भनेर  यतिबेला जनतामा गएर मत मागिरहेका छन् ।

साच्चै यतिबेला सांसदकाे उमेदवार बनेका नेताले गाउँमा बिकास गर्ने भनेर  घाेषणापत्र बाेकेर हिडिरहेका छन् ।अहिले फेरि हिजो गाउँमा यो बनाइ दिन्छु त्यो बनाइ दिन्छु भनेर जनतासँग भाेट मागेर चुनाव जितेका नेताहरू फेरि पनि पार्टीको उमेदवार बनेर गाउँ गाउँमा फेरि त्यहि गति र मतिका साथमा भाेट माग्न हिडिरहेका छन् अलिकति पनि लाज छैन हाम्रा  नेताहरूलाई हिजो गरेको कबाेल सबै भुलेर फेरि अहिले नयाँ कुरा गरिरहेका छन् ।

अहिले  भनिरहेका छन् हामीले नेपाली जनतालाई संविधान सभामार्फत संबिधान दियौं ।नेपाली जनता प्रतिनिधित्व गर्दै संबिधानमा हस्ताक्षर गर्ने काम गरेउ भनेर अहिले फेरि ठुलो काम अाफुहरूले गरेको भनी प्रचार गर्न लागि रहेकाछन् ।हुनत बिकास भन्ने कुरा के हाे यो कसरी हुन्छ कसरी गर्ने भन्ने कुरा कै पूर्ण ज्ञान न त हाम्रो नेताहरू लाई छ न त सांसद लाई नै एकपटक चुनाव अाउछ एकजनाले घाेषणापत्र बनाइ दिन्छ अनि त्यहीँ बाड्छन् ।न त त्यहाँ के कुरा लेखिएको छ भन्ने थाहा छ न त हेक्का नै ।

साच्चै नै भन्ने हाे भने हामी नेपाली जनता पनि निकै सिधासाधा नै छाै अहिले साच्चै भन्ने हाे भने हामीहरू पनि एउटा न एउटा राजनीतिदल संग अावद्द छाै, सबैलाई राजनीति लाग्छ सबै लाई चुनाव लाग्छ अनि कसरी हामीले हाम्रो नेतालाई प्रश्न गर्न सक्छौ प्रमुख कुरा यहीँ हाे । यी र यस्तै कारणले गर्दा हाम्रो नेतालाई सांसदलाई बहाना बनाउन सजिलो भएको छ । हैेन मैले त केही गर्छु भनेकाे हाे मन्त्रीले जिल्लालाई बजेट दिएन कि त हाम्रो पार्टीको सरकार छैन अहिले भनेर पन्छिन सजिलो भएको छ ।

सांसदहरूले जिल्लाकाे  निर्वाचन क्षेत्रकाे लागि भनेर केन्द्रबाट लगेकाे करोडौं बजेट खाली अाफ्नाे पार्टीको नीति निर्देशनमा वितरण गर्न मिल्दै नमिल्ने क्षेत्रमा समेत बजेट दिएर सराेकारवाला निकायलाई हिसाब मिलाउन हम्मेहम्मे परेको कुरा पनि बजारमा सुनिएको हाे ।सांसदले बितरण गर्न बजेट त उसको निजी खल्तीकाे पैसा जस्तो गरेको पनि नदेखिएको हैन ।कुनै राजनीति संस्कार र संस्कृति नभएको नबाेकेकाे मान्छे जब शक्ति पहुँच र पार्टीलाई केही रकम चन्दा दिएको भरमा जब लाभकाे पदमा पुग्न सफल हुन्छन् तब जनता र जिल्ला दुबैले दुख पाउछ भन्ने कुरा अहिले स्पष्ट भएको छ ।

अहिले  देशमा संबिधान सभाकाे निर्वाचनपछि नेपाली जनताले संबिधान पाउन सफल भए । अहिले देश  ७ वटा प्रदेशमा बिभाजन भएको छ । अहिले मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाकाे लागि निर्वाचन हुदैछ । अब कसरी देशलाई अार्थिक रूपमा सम्पन्न बनाउने जनतालाई कसरी धनी बनाउने भन्ने बारे बहस हुन जरुरी छ । सधै सधैं बिदेशीसंग भिख मागेर देश कहिले स्वाधीन बन्न सक्छ कहिले स्वतन्त्र बन्न सक्छ सबैले बिचार गर्नु पर्ने बिषय हाे ।

अब हामी सबैकाे लक्ष्य भनेकाे देशलाई अार्थिक रूपमा सम्वृद बनाउने नै हुनुपर्छ जबसम्म देश धनी हुदैन तबसम्म हामी ब्यक्ति जतिसुकै धनी भए पनि त्यसले केही अर्थ राख्दैन भन्ने कुरा बुझ्न जरुरी छ । अहिले पनि सबैकाे नारा गरिबी निबारण घर घरमा राेजगारी युवालाई स्वदेश मै कामकाे अबसर भन्ने नारा अहिले पनि घन्किरहेकाे छ । तर चुनाव पछि यो नारा त्यसै हराएर जान्छ, अब भने हामी सबै चनाखो बन्नुपर्छ अनि अाफ्नाे गाउँकाे बिकास गर्ने काममा अाफु पनि लागि पर्नु पर्छ । अब निर्वाचन जितेर जाने सांसदलाई पनि सबै मिलेर झकझकाइ रहनुपर्छ ।

हामीलाई कस्तो खालको बिकास चाहिएको हाे पहिला त्यो छनाैट गर्न जरुरी छ । साच्चै हामीले हाम्रो ठाउँकाे बिकास गर्ने हाे भने सदरमुकामदेखि गाउँसम्म पुग्ने सडक नै राम्रो ब्यबस्थित कालाेपत्रे बनाउन जरुरी रहेछ । जब सडक राम्रो भयो भने मात्र हामीलाई सबै कुरामा सहज हुदाेरहेछ । गाउँमा पुग्न सहज यातायात राम्रोसँग चलाउन सकिने छिटो पुगिने दुर्घटना कम हुने गाउँघरमा हुने उत्पादनलाई बजारमा लगेर बिक्री गर्न सजिलो हुने धेरै धेरै फाइदा छन् । हाम्रो पहिलो प्राथमिकता भनेकाे सबै कामकुरा छाेडेर सडकलाई नै महत्त्वमा राख्नुपर्छ जस्तो लाग्छ । यसको लागि हामी सबै राजनीतिबाट माथि उठ्न जरुरी छ । सबैकाे एउटै अावाज भए मात्रै हामीले हाम्रो नेतालाई काम गर्न बाध्य पार्न सक्छौ भन्ने कुरालाई कसैले पनि बिर्सन भने हुदैन ।

विदेशी मुलुक पहिला हाम्राे जस्तो अविकसित नै थियो उनीहरू सबै मिलेर अाफ्नाे देशकाे लागि मेहेनत गरे पसिना बगाएको हुनाले अहिले देश सम्पन्न भयो  । विदेशी मात्रै ह‌ैन गैर अावासिय नेपालीहरू पनि छन् तर देशमा  बाताबरण नभएको भनी अगाडि बढेकाे देखिदैन । अब सङ्घियतामा देश गैसकेकाे समयमा कसरी अाफ्नाे प्रदेशलाई मजबुत बनाउने भन्नेतर्फपनि अहिलेदेखि साेच्न जरुरी देखिन्छ  ।
निर्वाचनमा  गरेका बाचाका आधारमा नेतालाई सहयोग र समर्थन गरेर बिकास गर्न लगाउनुपर्छ ।सधैं हामीले नेतालाई राजनीतिक पार्टी लाई गाली गलाैज गरेर हुदैन हामी पनि ठिक हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया