बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

युद्धकालमा राज्यसँग लुक्दै लड्दै गर्दाको अवस्थामा कलाकारले कहिलेकाहीँ नाचगान गर्दा माओवादी नेता कार्यकर्ताले रमाईलो मान्नुपर्ने हो । तर २०६२ सालमा रोल्पाको चुनवाङ्गमा कलाकार नाचगान गर्दा प्रचण्ड र बाबुराम भट्टराई लगायतका सबै नेता तिर धरधरी रोए ।

शान्ति प्रकृयापछि सार्वजनिक भएको भिडियो देख्दा धेरै नेपाली गोली बारुदसंग लड्ने माओवादी किन यति भावनात्मक भए होलान भनेर अचम्ममा परे । त्यो नृत्यमा एउटी महिलाको कथा थियो, जसले जनमुक्ति सेनाका एक योद्धासंग प्रेम विवाह गरेको केही समयमै आफ्ना मीठा सपना र आशा पूरा गर्न नपाउँदै लडाईमा श्रीमान गुमाएकी थिईन । शहिद चित्रबहादुर घर्तीकी जीवन संगिनी दिलमाया रोकाले आफ्नै वास्तविक कथामा आधारित अपेरा नृत्यमा आफ्नी टुहुरी दुधे बालिकालाई बोकेर अभिनय गरेर सबैलाई रुवाएकी थिईन् ।

जनयुद्ध सकियो, शान्ति प्रकृया आयो । युद्धका घाउहरु धेरैले बिर्सदै गए । शहिद बेपत्ता र घाईते परीवारले आफ्ना पिडामा मल्हम लगाउँदै गए तर जनयुद्ध लडेका माओवादीलाई फेरी प्रचण्ड बाबुरामलाई रुवाउने बाग्लुङ्गकी दिलमायाको कथाले फेरी युद्धको घाउ सम्झाएको छ । आफ्नो कथामा प्रचण्ड बाबुरामलाई रुवाएको १२ औँ वर्षपछि तिनै दिलमायाले आफ्ना श्रीमानले रगत बगाएर ल्याएको गणतन्त्र नेपालको प्रदेशमा समानुपातिक उम्मेदवारको टिकट पाएकी छन् ।

सामना सांस्कृतिक परिवारकी प्रतिभाशाली कलाकार दिलमाया रोका गौतम दिपालाई समानुपातिकबाट प्रदेश नम्बर ४ मा दलित महिलाको १ नम्बर सुचिबाट माओवादीले टिकट दिएको हो ।

को हुन दिपा अर्थात दिलमाया रोका 
ताराखोला गाँउपालिका वडा न २ अर्गलमा २०४१ सालमा जन्मेकी दिपाले जनकलाकार खुसीराम पाख्रीनको शव्द संगीतमा रहेको गीतमा प्रत्यक्ष कार्यक्रममा अभिनय गरेकी थिईन् । त्यसबेला प्रचण्ड बाबुराम बादल लगाएत सबै कार्यकर्ताको आँखामा आँसु वर्षाए भने प्रचण्ड त झनै भक्कानिएर रोए ।

दिपाको जीवन माओवादी आन्दोलन मै बित्यो । सामाना साँस्कृतिक समूहमा रहेर नेपालका पूर्व पश्चिम र भारतको विभिन्न प्रदेशमा साँस्कृतिक कार्यक्रममार्फत गीत संगीतबाट जनवादी भावना सम्प्रेषणमा भूमिका खेल्दै गईन् । अन्तत एकल जीवन बिताउन कसले सक्छ र ? उनले पनि त्यही बाटो रोजीन । २०६४ सालमा पुन सामाना साँस्कृतिक परिवारका कलाकार जनवादी गायक, संगीतकार , रचनाकार हाल गलकोट नगरपालिका मल्मका कर्ण परियार विद्रोही संग विवाह गरिन् । पार्टी शान्तिकालमा आए पछि जीवनका विभिन्न आरोह अवरोह झेलेर पार्टीमा आवद्ध भईरहिन् ।

माओवादीले युद्धका सिपाहीलाई विर्षेको आरोप लागिरहेको बेला १३ वर्षपछि उनले आशन्न निर्वाचनमा दलित महिलाबाट प्रदेश नम्बर ४ को समानुपातिक उम्मेवारको टिकट पाएकी छिन् । आफू जनप्रतिनिधी भएको खण्डमा पहिलो कार्य बेपत्ता शहिद परिवार र टुहुरा बालबालिकाको हकहितको लागी आफु लागी पर्ने प्रतिवद्धता उनको छ ।

‘नेपाललाई १० वर्ष जनयुद्धदेखि यहाँ सम्म ल्याउनमा जिवनको बलिदानदिने शहिदहरुको उच्च मुल्याङकन् शहिद बेपत्ता परिवारको हेरविचार मुख्य ध्यय हो’ उनले भनिन ।

 

हेर्नुहोस भिडियो 


प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रिया