बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नयाँ सन्तानलाई धर्तीमा टेकाउनुअघि आमाले खानपानमा विशेष सावधानी अपनाउनुपर्छ । नत्र आमासँगै बच्चा अस्वस्थ हुन सक्छन् । गर्भवतीमा हुने स्वास्थ्यको गडबडीले सीधै गर्भमा रहेको सन्तानमा असर पर्ने भएकाले खानपानमा ध्यान दिन जरुरी छ ।

हरियो सागसब्जी खानुहोस् । यसमा फोलिक एसिडको पर्याप्त मात्रा पाउन सकिन्छ ।


ताजा फलफूल प्रशस्त खाऔँ । तर, फलफूल खानुअघि यसलाई मज्जाले सफा गरौँ ।

चिकेन, माछा–मासु, अन्डा खानु फाइदाजनक हुन्छ । यसलाई राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

प्रोटिनयुक्त खाना धेरैभन्दा धेरै खानुपर्छ ।

जंकफुड, चुरोट, मद्यपान खाने बानी छ भने आजै छाड्नुहोस् ।

सन्तुलित आहारमा जोड दिनुहोस् । सकेसम्म घरमै बनाएको ताजा खाना खाने गर्नुहोस् ।

बदाम, छोकडा खानुहोस् । यसले शक्ति पाउनुका साथै दिमाग स्वच्छ राख्न मद्दत गर्दछ ।

चिया, कफी खाँदै नखानुहोस् ।

स्पाइसी फुड नखानुहोस् ।

प्रशस्त सफा पानी खाने ।

हल्का एक्सरसाइज गर्ने ।

गह्रुँगो सामान सकेसम्म नबोक्ने ।

तपाईको प्रतिक्रिया