शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – श्रीमान्–श्रीमतीबीच भनाभन हुनु सामान्य हो । श्रीमतीका कुरा सुनेर तपाईं इरिटेड हुनुहुन्छ होला । यो धेरै पुरुषको बानी पनि हो । तर, यस्तो नगर्नुहोस् । श्रीमतीका कुरा जसले सुन्छ, त्यसलाई धेरै फाइदा हुने कुरा पुष्टि भएको छ । क्यानेडियन इन्स्टिच्युट अफ हेल्थको एउटा अनुसन्धानका अनुसार श्रीमतीका कुरा सुन्ने र मान्ने श्रीमान्को स्वास्थ्य राम्रो मात्रै हुँदैन, श्रीमान्–श्रीमतीबीचको सम्बन्ध पनि प्रगाढ हुँदै जान्छ । थाहा पाउनुहोस्, श्रीमतीका कुरा सुन्ने पुरुषलाई कस्ता फाइदा हुन्छन् त ?


तनावमा कमी
सकेसम्म आफ्ना कुरा राख्न खोज्ने पुरुष महिलाहरूको कुरा त झन् सुन्दैसुन्दैनन् । तर, कम्तीमा आफ्नी श्रीमतीका कुरा सिरियस भएर सुन्ने गर्नुहोस् । जब तपाईं आफ्नी श्रीमतीका कुरा सुन्नुहुन्छ, तर्कवितर्क कम हुन्छ । यसले स्टे«सको लेभल कम हुन्छ ।

ह्याप्पी हार्मोन उत्पन्न
पत्नीका कुरा सुन्दा पति–पत्नीबीचको माहोल सहज हुन्छ । यसले ह्याप्पी हार्मोन (सेरोटोनिन) रिलिज हुन्छ । यसले तपाईंको मुडलाई राम्रो बनाई खुसी बनाउँछ ।

हेल्दी लाइफ स्टाइल
पति–पत्नीबीचको राम्रो सम्बन्धले सम्बन्ध दीगो रहन्छ । यसले लाइफ स्टाइल रिलेटेड रोग लाग्दैन । दाम्पत्य जीवन थप रोमाञ्चक हुँदै जान्छ ।

इन्टेस्टिङ लाइफ
एक रिसर्चका अनुसार जो पति पत्नीको कुरामा मज्जा लिन्छ, उसको व्यक्तिगत जीवन पनि उस्तै रमाइलोसँग बित्छ । यसले समग्र स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।

लामो आयु
क्यानेडियन इन्स्टिच्युट अफ हेल्थ रिसर्चका अनुसार पत्नीका कुरा सुन्ने पुरुष स्वस्थ रहने मात्रै होइन, धेरै उमेरसम्म
बाँच्न सक्छ ।

तपाईको प्रतिक्रिया