शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं –  गर्मीभन्दा जाडो मौसममा मुटुसम्बन्धी रोगका बिरामीको संख्या बढी हुन्छ ।

यो मौसममा एकपटक मुटुजन्य रोग लागेर सन्चो भइसकेका व्यक्तिमा पुनः बल्झिने सम्भावनासमेत उत्तिकै हुन्छ । यो मौसममा चिसोले एकाएक मुटुका नलीहरू खुम्चिएर हृदयाघात हुने डर पनि उत्तिकै हुन्छ ।

लक्षण
-प्रेसर बढ्छ ।
-सास फेर्न गाह्रो हुने ।
-छाती दुख्ने समस्या ।
-रिंगटा लाग्ने, टाउको दुख्ने ।
-हर्टएट्याक हुने सम्भावना पनि हुन्छ ।

बच्ने उपाय
-चिसोमा नबस्ने । छाती दुख्ने, सास फर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।

जाडोमा किन ब्लडप्रेसर बढ्छ ?
गर्मीमा भन्दा जाडोमा ब्लडप्रेसर अर्थात् उच्च रक्तचाप बढ्छ । त्यसको कारण भनेको चिसोको वेला छालामुनिका मसिना नलीहरू खुम्चिन थाल्छन् र रगत भित्रको मुख्य नलीमा जान्छ । बाहिरका नसामा बहने रगतसमेत भित्रका नसामा गएपछि चाप बढिहाल्छ । त्यसले पनि प्रेसर बढाउन मद्दत गर्छ ।

मुटुरोगीले ध्यान दिनुपर्ने कुरा
-एकदम चिसोमा घरबाहिर ननिस्कने ।
-मर्निङवाक गर्ने बानी छ भने इभिनिङ वाक गर्न सकिन्छ ।
-चिसो छ भन्दैमा चुरोट सेवन गर्नुपर्छ भन्ने छैन । चुरोट सेवन गर्दैनगर्ने । 
-एकदम चिसो पानी नखाने । मनतातो पानीमा जोड दिने ।
-माछामासुसँगै फलफूल हरियो तरकारीमा जोड दिने ।

 

तपाईको प्रतिक्रिया