शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

आउदो नयाँ वर्ष २०७५ सालको बैशाख १४ गते अमेरिका बोइज चलचित्र रिलिज हुनेछ ।   चलचित्र निर्माण यूनिटले छायांकन प्रारम्भ गरेसँगै रिलिज हुने मिति घोषणा समेत गरेको छ ।  क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्र ‘अमेरिका बोइज’ को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रका कास्ट एन्ड क्रिउ यतिबेला झापामा रहेका छन् । फिल्मका मेकर प्रकाश भुजेलले झापामा करिब १४ दिन सुटिङ गरिने बताए । त्यसपछि बाँकी छायांकनका लागि टिम काठमाडौं फर्कने छ । चलचित्रमा सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको छ । सृष्टिले यसै फिल्मबाट रजतपटमा डेब्यु गरेकी हुन् । अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया