शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मान्छे एक चेतनशील प्राणी हो यो सर्वविदितै  कुरा भयो तर पछिल्लो समय मान्छे राजनैतिक प्राणीको रुपमा  पनि विकशित हुँदै छ । संसारका जे जति  ठुला ठुला बिकासका योजना वा युद्ध क्रान्ति उथलपुथल भएको छ । त्यो सबै कुरा राजनीति र राजनीतिज्ञको अथाह  प्रयासबाट  भएको हो भन्दा अन्यथा पक्कै हुने छैन  हुन त म राजनीतिको बारेमा त्यती धेरै मनन चिन्तन गर्दिन किनकी मेरो पाटो राजनीति थिएन र होइन पनि । पछिल्लो समय हामी नेपाली समुदाय चाहे त्यो बिदेशमा बस्ने होस् या  स्वदेशमा बस्ने सबैतिर राजनीति खुबै फस्टाएको छ  अरुमा भन्दा राजनीतिमा आफुले आफुलाई खुब अब्बल भन्ठान्छौ । स्वदेशमा  रहने समुदाय राजनीति बाट हिजो पनि अछुतो थिएन आज पनि छैन  र भोली पनि हुने छैन तर बिदेशमा  रहने हामी नेपाली समुदाय खै आफु नै उमेद्वार भए जै गरिरएको देख्दा कठै भन्न मन लाग्छ ।

अझ जापानमा गर्ने राजनीति दिन दुई गुदा रात चौगुणा  कै रुपमा बढीरएको छ भन्दा अन्यथा हुने छैन , मानौ कि काम गर्ने नेपाली रेस्टुराँको मालिक  र कामदार दुई फरक फरक पार्टीका हुँदा त झनै काम नै धरापमा पर्ला झै  लाग्छ । फेसबुके राजनीतिले संसारका कुना कुनामा रहेका प्रवासी  नेपालीलाई छोएको छ यतिबेला खै यसरी गरिने राजनीतिबाट कस्तो संस्कृतिको बिकास गर्न खोजिरहेका छौ बुझ्न नसकेको कुरा  भएको छ । बिश्वको चरम बिकास देखिरहेका हामी प्रवासी नेपालीहरुले स्वदेशमा त्यो बिकासको घेरा कोर्न सक्नु पर्ने थियो तर हामीलाई अर्काको रिस डाह गर्दैमा फुर्सद छैन ।

आसन्न प्रतिनिधि  सभा र प्रदेश सभाकोको बारेमा प्रवासमा रहेका नेपाली नेपालीले सामाजिक सन्जालमा गरेको टिप्पणी र प्रतिक्रिया कम रोचक छैन एक पार्टीको समर्थकले अर्को  पार्टीप्रति गरेको सकरात्मक वा   नकरात्माक प्रतिक्रिया  र   त्यसमाथिको सवाल जवाफ बिकाराल रुपमा देखिदै छ कतै यही कारण गम्भिर दुर्घटना नै निम्तिने पो हो कि  यो सोचनिय बिषय  छ ।

बिदेशमा रहेका तपाईं हामीले गरेका यस्तै यस्तै स-साना गल्तीले कतै बिदेशिको नजरबाट हाम्रो राष्ट्रियता खुम्चदै जाने त होइन सोच्नु पर्ने विषय बनेको छ ।   म बिदेश तपाईं बिदेश अनि तपाईंका थुप्रै आफन्त  बिदेश तै पनि के का  लागि नेपाली राजनीतिमा पक्ष बिपक्ष र आरोप प्रत्यारोप नबुझेको कुरा हो ।  नेपालमा निष्पक्ष  तवरले राजनीति हुन्थ्यो भने  नेपालीको आर्थिक सामाजिक हैसियत धेरै माथि भैसक्थ्यो । आगामी दिनमा सुशासन युक्त राजनीति भएमा मात्र नेपालको बिकास  सहज हुनेछ यसका लागि नेपालमा रहेका जनता नै सजग हुनु अनिवार्य छ ।

प्रवासी नेपालीहरुले लगानी गर्ने र लगानिको सुरक्षा राजनीतिज्ञले गर्न सक्नु पर्छ भन्ने अहिलेको बहस हुनु पर्ने थियो । त्यसैले हामी प्रवासी नेपालीहरुले  यो उ नभनी नेपालको बिकास र सम्वृदीमा लाग्नु  पर्ने बेला आएको छ ।

तपाईको प्रतिक्रिया