बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौ  – आज र भोलि देशभर पाँचबर्ष मुनीका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाईंदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत वर्षको दुई पटक यो कार्यक्रम संचालन हुँदै आएको छ ।

आज र भोलि पनि देशभरका ७५ वटै जिल्लाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औसधी खुवाउन लागिएको हो ।

दुई दिनमा देशभरीका ६ महिनादेखि पाँच बर्ष मुनिका करिब ३७ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र ती मध्ये एक बर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधीसमेत खुवाउने कार्यक्रम रहेको छ ।

बालमृत्यु दर घटाउने, भिटामिन ए को कमीबाट जनस्वास्थ्यसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले २०५० सालदेखि नियमित रुपमा वर्षको दुईपटक यो कार्यक्रम संचालन गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया