मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

जापान नेपालीकोहरुको लागि अध्ययन, अध्यापन, रोजगारी र ब्यावसायको निम्ति आकर्षक मुलुक बनेको छ । जापानमा नेपाली डायस्पोरा प्रतिवर्ष विस्तारित भइरहेको छ । सन् २००६ मा ७ हजार ८ सय ४४ को संख्यामा रहेका नेपालीको संख्या प्रत्येक वर्ष बढेर सन् २०१७ सम्ममा आइपुग्दा ७५ हजारको हाराहारीमा पुगेको देखिन्छ ।
जापान सरकारले विदेशीलाई साधारणतया ६ प्रकारका भिसा दिने गरेको छ, जसमा कूटनीतिक भिसा, अफिसियल भिसा, कार्य भिसा (प्राध्यापक, लगानीकर्ता, व्यवसायी, अनुसन्धानकर्ता, प्रशिक्षक, डाक्टर, इञ्जिनियर, विशेषज्ञ, कम्पनीभित्रको सरुवा र सीपयुक्त श्रमिक), साधारण भिसा (सांस्कृतिक कार्य, विद्यार्थी, तालिम र आश्रित परिवार), भ्रमण भिसा र विशेष भिसा (तोकिएका कार्य, जापानी नागरिकका परिवार, लामो बसोवास) पर्छन् । यसका अलवा स्थायी बसोवास कार्डसमेत जारी गर्ने गरेको पाइन्छ ।

खगराज गौतम

विश्वकै सबैभन्दा महंगा सहर जापानमै रहेका हुनाले कमाएको पैसाको ठूलो हिस्सा खर्च भई जाने गरेको पाइन्छ । डेराभाडा, यातायात, खानपिन, युटिलिटी, सञ्चार आदिमा हुने खर्च सहर र मान्छेको खर्च गर्ने प्रवृत्तिअनुसार फरक हुन्छ । कोठा सेयर गरेर बस्नेहरूले बढी बचाउँछन् भने परिवारसहित बस्नेहरूको खर्च पनि बढी हुन्छ । जापानमा कमाइ गरेर बस्ने नेपालीले औसतमा कति बचाउँछन् र कति रकम रेमिट्यान्सको रूपमा नेपाल पठाउँछन् भन्ने जिज्ञासा उठ्ने गरेको छ ।
जापानका विभिन्न ठाउँमा नेपालीहरुको उपस्थिति रहेको छ । कम उपस्थिति रहेका ठाउँमा भन्दा धेरै हुने ठाउँमा पक्कै पनि केही सकारात्मक त केही सुधार गरिनुपर्ने पक्षहरु हुन्छन नै त्यो कुरा यहाँ पनि लागु भएको छ
जापान सरकारले सन् २०२० सम्मा ३ लाख विदेशी विद्यार्थी भित्राउने योजना बनाएको छ । जापानमा वृद्धको संख्यामा वृद्धि र जन्मदर घट्दो अवस्थामा रहेकाले देशको अर्थव्यवस्थालाई कायम राख्नका लगि पनि जनशक्तिको आवश्यकताले विदेशी नागरिकलाई जापान भित्रने क्रममा नेपालीहरुको संख्या पनि बढ्दै गएको छ ।

जापानमा के छन् त नेपालीका सकारात्मक पक्षहरु

नेपालीले जापानमा धेरै कुरा सिक्न पाएका छन् । विद्यार्थीले विकसित देशको शिक्षा प्रणालीसँग साक्षात्कार गर्न पाएर धेरै राम्रा ज्ञान लिएका छन् । कामको लागि आउनेहरूले यहाँको काम गर्ने तौरतरिका, कामलाई पूजा मान्ने संस्कृति, काम गर्दागर्दै मर्न पाए भाग्यमानी ठान्ने प्रवृत्ति देखेर आफूलाई पनि कर्मशील बनाउने प्रेरणा लिने गरेका छन् । यसैगरी प्राविधिक काम गर्नेहरूले प्रविधिको ज्ञान र उच्चस्तरको सीप हासिल गरेका छन् ।
प्रायः सबैले यहाँको अनुशासन, कडा मेहनत, समयको पालना, अरूको सम्मान, गल्ती गरेमा आत्मालोचना, अरूको कुरा ध्यान दिएर सुन्ने बानी, इमानदारीता, आफ्नो संस्कृतिको माया र राष्ट्रप्रति आफूले गर्नुपर्ने दायित्वका बारेमा केही न केही सिकेकै हुन्छन् ।
सडकमा यताउती हिड्दा होस् कि कुम्बिनी, सुपरमार्केट, तरकारी पसलहरुमा लगाएत जहाँ गएपनि आफन्त कै झझल्को मेटाउने गरी नेपालीहरुसँग भेट हुन पाईन्छ । आफुलाई परेका सजिला अप्ठ्यारा कुराहरु साटासाट गर्न पाउँदा आफुलाई गाउँ घरपरिवार सम्झेर एक्लोपनको महसुश घटाउन सहयोग पुर्याउँछ ।
जापानमा भाषाको समस्याले हुने अप्ठ्यारा फुकाउनका लागि नेपाली चिनजानका भेटिदा मनै हलुङ्गो बनाउँछ, काम खोज्न सर सहयोग लेनदेनलाई पनि यसले सहयोग गरेकै हुन्छ ।

विश्वकै सबैभन्दा महंगा सहर जापानमै रहेका हुनाले कमाएको पैसाको ठूलो हिस्सा खर्च भई जाने गरेको पाइन्छ । डेराभाडा, यातायात, खानपिन, युटिलिटी, सञ्चार आदिमा हुने खर्च सहर र मान्छेको खर्च गर्ने प्रवृत्तिअनुसार फरक हुन्छ ।

जहाँ नेपालीहरुको उपस्थिति बढी छ त्यहाँ विभिन्न संघ संस्थाको गठन संगठन हुने हुदाँ सामाजिक कार्यमा लाग्नेहरुलाई चौतारीको रुपमा लिन पाइन्छ । भने चाडवाडको समयमा आफ्नो नेपालीपनलाई विदेशमा पहिचान गराउन सबैको साथ सहयोग मिल्दछ ।
भर्खर जापानमा आएकाहरु हुन् वा एक क्षेत्रबाट अर्को क्षेत्र (भिसा परिवर्तन) जान चाहने तर आफुसगँ ज्ञान र अनुभव नहुदाँ दुख पाउनेबाट छुटकारा मिल्दछ । त्यसै आफुले आफैंलाई नियन्त्रणमा राख्नका लागि पनि बाक्लो उपस्थितिले सहयोग नै पुर्याएको हुन्छ , यसले के भन्ला मेरो परिवार आफन्तसम्म मैले गरेका नराम्रा कुरा पुग्दछन् कि भन्ने डरले पनि आफु संयमित हुन सिकाउछ ।
जापान जस्तो व्यस्त देश, समय र प्रणालीहरुको विकसित भएको मुलुकमा कसरी आफुले संर्घष गरेर आफ्नो जीवनप्रति जवाफदेही, मेहनत र अनुशासित बन्नुपर्छ भन्ने कुराको ज्ञान सिकाउँछ । ज्ञान र सिपको आदानप्रदानको लागि हामी नेपालीहरुको बाक्लो उपस्थिति वरदान जस्तै हो ।

के के छन् त सुधार गर्नुपर्ने पक्षहरु

हामीले भन्ने गरेको ‘नेपालीको पारा,जहाँ गएपनि उस्तै ’ ‘नेपाली समय’ भन्ने कुरा नेपालीहरुका लागि जापानमा पनि लागु भएको पाइन्छ । यसले गर्दा कैयौ नेपालीले दुख झझण्ट व्यहोर्नु परेको छ । अझै कतिपय त स्वदेशमा नै फिर्ता हुनुपर्ने बाध्यता समेत सृजना भएको छ ।
स्थापित प्रणाली भएको मुलुकको बसाइ सहज हुने भए पनि यहाँ समस्या पनि त्यत्तिकै छन् । नेपालीलाई सबैभन्दा ठूलो समस्या भनेको भाषाको हो । त्यहाँका स्थानीय वासिन्दाले अंग्रेजी नबुझ्ने र बुझ्नेले पनि बोल्न नखोज्ने भएकोले बोलचालको माध्यम भाषाको रूपमा जापानिज नै बोल्नुपर्छ

कोठाभाडामा लिई होहल्ला गर्ने, टुटफुट गरिदिने, तोकिएको समयमा आवश्यक बिलहरु भुक्तानी नगरिदिने, अनुचित कार्यमा कोठा प्रयोग गरिदिनाले नेपालीका लागि भाडामा उपलब्ध गराउन सकिदैन भनेर सूचना नै टाँस गरेको देख्दा नेपाली हुनुको नाताले मन खिन्न भएर आउँछ ।

यसैगरी अल्पकालीन बसोवास गरी फर्कनेहरूका सन्ततिहरूको पढाइको भाषा नमिल्ने कारणबाट कठिनाइ भोग्नुपरेको देखिन्छ । यसका अलवा समाजमा घुलमिल हुन नसक्दा एकांकी जीवन, मेसिनजस्तो जोतिएर काम गर्नुपर्ने, मान्छेका भावनामा कसैले ध्यान नदिने, पैसाको अभाव रहँदा सापटी लिन गाह्रो हुने आदि समस्या पनि रहने गरेका छन् ।
प्रणाली र नीति नियम अनुसार चल्ने मुलुकमा नेपालीहरुको आवतजावत बढी हुने ठाउँमा हेर्यो भने फोहोर यत्रतत्र फालिदिने, होहल्ला गर्दै हिड्ने, चर्को बोल्ने, जहाँ पायो त्यही धुम्रपान गरिदिने, साइकल पनि जहाँ पायो त्यहाँ रोकिदिने लगाएतका कार्यले हामीलाई देख्दा सामान्य लागेपनि यहाँका नागरिकहरुले पचाउन नसक्ने क्रियाकलाप बढी हुने हुदाँ नेपालीलाई यहाँका नागरिकहरुले हेर्ने र गर्ने व्यवहार नै फरक हुन थालेको छ ।
जापान खुल्ला वातावरण भएको मुलुक भएकोले हामीहरुले त्यसको दुरुपयोग गर्दै रक्सी लगायत नसाले मातेर होहल्ला,झैझगडा लगाएत नराम्रा क्रियाकलाप गर्ने, सडक पार गर्दा ट्राफिक नियम उलङ्घन गर्ने अझ लागु औसत ओसारपसारका कार्यमा समेत समावेशको सूचनाका आधारमा यहाँको प्रहरीले नेपालीहरुलाई उच्च निगरानीमा राखेको छ, जुन हाम्रा लागि दुरभाग्य हो ।
तोकिएको स्थानमा र ताकिएको दिनमा व्यवस्थित ढंगले फोहोर मैला फल्नु यहाँको राम्रो चिनारी हो तर नेपालीहरुले त्यसको वेवास्ता गर्दै आफु खुशी ढंगले फोहोर मैला फलिदिदा यहाँका नागरिकहरुले हेर्ने दृष्टिकोण नै नकारात्मक बनेको पाईन्छ । भने कोठाभाडामा लिई होहल्ला गर्ने, टुटफुट गरिदिने, तोकिएको समयमा आवश्यक बिलहरु भुक्तानी नगरिदिने, अनुचित कार्यमा कोठा प्रयोग गरिदिनाले नेपालीका लागि भाडामा उपलब्ध गराउन सकिदैन भनेर सूचना नै टाँस गरेको देख्दा नेपाली हुनुको नाताले मन खिन्न भएर आउँछ ।
दिर्घकालिन सोचभन्दा अल्पकालिन सोच राखेर विभिन्न भिषामा आएकाहरुले नियम विपरित काम गर्ने, शरणार्थी भिषाका लागि उत्द्धत हुने, पालना गर्नैपर्ने नियमको समेत वेवास्ता गर्ने, बिल भुक्तानीलाई प्रथमिकतामा नराख्ने लगाएतका कारणले आउने दिनहरुमा भिषा थपका लागि समस्या सृजना भएको पाइन्छ । अधिकाशले काममा जोड दिने, आफु आएको भिषाको वेवास्ता गर्ने, नियम कानुनको बारेमा राख्नै पर्ने सामान्य जानकारी नराख्दाको परिणाम सधैंका लगि स्वदेश फिर्ता हुनुपरेको कति उदाहरणहरु रहेका छन् ।
खुल्ला वातावरणको उपभोग गर्दै Leaving Tougher का रुपमा रहने, आप्mनो बारेमा झुठ कुरा बताएर घर परिवारको वेवास्ता गर्ने, असुरक्षित यौन क्रियाकलाप बढ्दै जान लागेकोले कति अप्रिय घटना समेत घटेका छन् । यस कुरालाई समयमै ख्याल नगर्दा भविष्य नै अन्धकारमय समेत हुन पुगेका हाम्रै आँखाले देखेका छन् ।
सँगै बस्ने कोठाको साथीसँग परेका विवाद कै कारणले असमझदारी बढी महत्वपूर्ण कागजात हराउनेको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । सामान्य नेपाली संस्कारमा अपाच्य लाग्ने क्रियाकलाप बढ्दै जानु अनैतिक कार्यमा समेत नेपालीको सहचागिता बढ्नेले आफु र आउने पिंढीका लगि समेत जापानको ढोका बन्द नहोला भन्न सकिन्न ।
अर्को नराम्रो पक्ष , नेपालीले नेपालीहरुलाई नै श्रम शोषण त यसै छ अझ ठगीका समाचार दिनहुँजसो आउनुले सम्बन्धित निकायले यसतर्फ नजर पुर्याउनुपर्ने अपरिहार्यता जस्तै भएको छ ।
विशेषगरि गरिब परिवारबाट पैसाको जोहो गरेर जापान आउने विद्यार्थीहरु सोचेको भन्दा ठीक उल्टो पाउँदा मानसिक तनावमा रहने गरेका छन् । कसैले त्यही तनाव झेल्न नसक्दा आत्महत्याको बाटो पनि रोज्ने गरेका छन् । यस्ता समस्यामा सल्लाह र सुझाव दिने तथा सहयोग गर्ने र मनको भावना साट्ने मान्छे नपाएको अवस्थामा केही नेपालीले निराशाको सिकार भई आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोजेको पनि हालै यदाकदा हुने गरेका घटनाहरूले पुष्टि गरेका छन् ।
समग्रमा जापानमा आफु आउनुको उदेश्यलाई परिपूर्ति गर्नका लागि कडा परिश्रम, मेहनत,र अनुसाशित हुनैपर्छ, नीति नियमको पालना गर्नैपर्छ । नेपाली नेपालीका बिचमा आपसी सद्भावको विकास गरी अनुभव आदानप्रदान गर्दै एकले अर्काको भलो चिताउने गरी कार्य गरिनुपर्छ । शान्तीप्रिय नेपालीको पहिचानलाई कायम राख्दै इमान्दारीतालाई सँधै केन्द्रमा राखेर अगाडी बढ्यो भने जापानमा नेपालीको भविष्य सुन्दर छ ।

तपाईको प्रतिक्रिया