बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – महिलामाथि प्रतिबन्धित जापानको ओकिनोशिमा आइल्याण्ड विश्वसम्पदा सूचिमा सूचिकृत भएको छ ।
ओकिनोशिमा आइल्याण्ड जापानको प्राचिन तथा धार्मिक केन्द्र हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले महिलालाई जान प्रतिबन्ध लागाइएको ओकिनोशिमा आइल्याण्डलाई विश्वसम्पदा सूचिमा राख्ने निर्णय जापानी संचार  माध्यमले जनाएका छन्    ।
ओकिनोशिमामा १७ औं शताब्दीमा समुद्र यात्रीको सुरक्षाको कामना गर्न बनाइएको ओकिट्सु तिर्थस्थल छ । यो आइल्याण्डमा प्रवेश गर्नुपूर्व पुरुषले आफ्नो लुगा फुकाल्नु पर्छ र शरीर शुद्ध गर्नुपर्छ ।
यस्तै फर्किने बेलामा कुनै स्मृति चिन्ह बनाउन वा ल्याउन पाइँदैन भने त्यहाँको बारेमा अरुलाई भन्न पनि नहुने नियम रहिआएको छ । यो आइल्याण्डमा हरेक वर्ष दुई सयजनालाई मात्र भ्रमणको स्वीकृति दिने गरिएको छ ।

तपाईको प्रतिक्रिया