शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो-जापान एसिया महाद्विपमा पर्ने राष्ट्र हो । जापान चार ठूला र अन्य द्विपहरुको एक राष्ट्र हो । जापान एसियाको पूर्वी समूद्र तट अर्थात प्रशान्त माहासागरमा पर्दछ । जापानको छिमेकी राष्ट्र भनेको चीन , कोरिया तथा रुस हुन् । जापानीहरु आफ्नो देशलाई ‘निप्पन’ भन्ने गर्दछन् । यसको मतलब सूर्य निस्कनु हो । जापानको राजधानी टोकियो हो । र, यसको अन्य ठूला महानगरहरुमा योकोहामा, ओसाका र क्योटो हुन् ।जापान लागभग छ हजार आठ सय ५२ द्विपहरु मिलेर बनेको एक राष्ट्र हो । तर , यी द्विपहरु मध्ये तीन सय ४० द्विपहरु मात्र एक वर्ग किलोमिटर भन्दा बढि छन् । यसको केवल चार द्विपहरुले मात्र ९७ प्रतिशत भाग ओगटेका छन् भने छ हजार आठ सय ४९ ले तीन प्रतिशत भाग ओगटेका छन् ।

  1.  जापानमा ७० प्रतिशत भाग पहाड छ भने यसमा दुई सय ज्वालामुखी टापु पनि पर्दछन् ।
  2.  जापानको तेसिरोजिमा टापुलाई ‘क्याट आइल्याण्ड’(cat island) भनिन्छ । यस टापुमा मानिसको संख्या भन्दा विरालोको संख्या धेरै छ । यस टापुमा कुकुर लान मनाही छ ।
  3.  जापानमा एक जनवरी अर्थात नवबर्षको स्वागत स्वरुप मन्दिरमा एक सय आठ घण्टी बजाएर गरिन्छ ।
  4.  फुगु जापानको लोकप्रिय खाना मध्ये एक हो । यो एक विषालु माछा हो । यस माछाको परिकार जो कसैले पकाउन पाउदैन्न् । यसलाई लाइसेन्स भएका कुकहरुले मात्र पकाउन पाउदछन् भने, कुकहरुले पहिला आफूले चाखेर पाहुनालाई दिने गर्दै छन् । यदि यो माछाको विष लाग्यो भने छिट्टै मृत्यु हुन सक्छ । यस फुगु परिकारको लाइसेन्स लिनका लागि सात दखि ११ बर्ष सम्ममा ट्रेनिंग लिनु पर्दछ ।
  5.  जापानका बालबालिकलाई १० वर्ष नभएसम्म कुनै परिक्षा दिनु पर्दैन् ।
  6.  जापानमा धेरै मानिसहरु शिक्षीत छन् । जहाँ साक्षरता दर सय प्रतिशत छ । जापानमा पत्रपत्रिका र न्यूज च्यानलमा नेपालको जस्तै दुर्घटना, वाद विवाद, राजनीति, फिल्मी मसलादार न्यूज आदिलाई प्राथमिकता दिईदैन् । जापानका समाचारमा आधुनिक जानकार दिने समाचार प्रस्तुत गरिन्छ ।
  7.  सुमो जापानको सबै भन्दा लोकप्रिय खेल हो । यसको साथै बेसबल पनि लोकप्रिय खेलमा पर्दछ ।
  8.  जापानमा एउटा यस्तो रोचक घटना पनि घटेको थियो । एक विदेशी विद्यार्थी जापानमा अध्ययनको शिलशिलमा आएका थिए । एक दिन उक्त विद्यार्थीले जापानको सरकारी पुस्तकालयबाट केही किताव पढ्नको लागि लगेका थिए । उक्त पुस्तकमा केही दुलर्भ चित्र थिए । विद्यार्थीले त्यस पुस्तकबाट केही चित्र पाना च्यतेर निकाले र पुस्तक फिर्ता दिए ।
  9.  कुनै जापानी विद्यार्थीले सोही पुस्तकको पाना च्यातिएको जानकारी पुस्तकालयमा दिए । यस विषयमा अनुसन्धन चल्यो । पुस्तकको पाना च्यात्ने विदेशीको कोठाबाट च्यातिएको पाना भेटियो । सजाय स्वरुप त्यस विद्यार्थीलाई जापानबाट निष्काशित गरियो । कुरा त्यतीमा टुङगिएन् । त्यस पुस्तकालयको बाहिर बोर्डमा उक्त देशका निवासी यस पुस्तकालयमा प्रवेश निषेध छ भन्ने सूचना टासियो ।
  10. जापानमा छात्रछात्रा र शिक्षक एक साथ मिलेर कक्षा कोठको सरसफाई गर्ने गर्दछन् ।
  11. जापान अमेजन वर्षा वनका काठको सबै भन्दा ठूलो आयात गर्ने देश हो । जापान चारै तिरबाट समुद्रले ढाकिएको देश भए पनि २७ प्रतिशत माछा दोस्रो देशबाट आयात गर्ने गर्दछ ।
  12. जापानका मानिसहरुको औषत आयु विश्वका मानिसहरुको तुलनमा सबै भन्दा धेरै छ । जापानको मान्छेहरुको आयु अरु देशको भन्दा ज्यादा छ (८२ वर्ष ) जापान मा १०० वर्ष भन्दा माथिको मान्छे ५०००० हजार छ्न।
  13. विश्वमा जापान यस्तो राष्ट्र हो जहाँ सबैभन्दा धेरै भेन्डिङ मेसिन छ । जापान जनसंंख्याको आधारमा हेर्ने हो भने यो अत्यन्त धेरै मानिन्छ । जापानका हरेक सडकमा भेन्डिङ मेसिन देख्न पाईन्छ ।
  14. मुस्लिमलाई नागरिकता नदिने एक मात्र राष्ट्र जापान हो ।
  15. जापानमा ११ मार्च २०११ मा आएको भूकम्प सबै भन्दा ठू्लो भूकम्प थियो । जापानमा हरेक वर्ष १५ सय भूकम्प आउने गर्दछ ।अर्थात  हरेक दिन चार ओटा भूकम्प जाने गर्दछ ।
  16. जापान एक यस्तो राष्ट्र हो जसले अन्तराष्ट्रिय बन्देजका बाबजुद ह्एल्  माछाको शिकार गर्दै आएको छ । र शिकार गरेपछि उक्त माछा बजारमा ल्याएर बेच्ने गरेको अन्तराष्ट्रिय आरोप छ ।
  17. जापानीहरुसंग sorry भन्नका लागि २० भन्दा धेरै तरिका छन् ।
  18. जापानमा हत्याको दर विश्वमा एन्डोरा(युरोपियन राष्ट्र) पछि सबै भन्दा कम छ । जापानमा दुई लाख मध्ये एकको हत्या हुने गर्दछ ।
  19. जापान विश्वमा यस्तो एक मात्र देश हो जसमा परमाणु हमला भएको छ । परमाणु हमला अमेरिककाले सन् १९४५ को ६ र ९अगष्टमा हिरोसिमा र नागाशाकिमा गरेको थियो । यसमा प्रयोग गरिएको बमलाई little boy र fat man को नाम दिईएको थियो ।
  20. जापानी मानिसहरु समयको पक्का हुने गर्दछन् । यहाँ ट्रेन पनि धेरैमा १८ सेकेन्ड ढिलो हुन सक्छ । त्यसैले घडीको समय जापानका ट्रेनसंग मिलाउदा पनि हुन्छ भन्ने गर्दछन् ।
  21. जापानमा अत्याधिक रुपमा कमिक बुकहरु प्रकाशित हुने गर्दछ। जापानमा प्रकाशित कुल किताब मध्ये २० प्रतिशत कमिक बुकहरु पर्दछन् ।
  22. २०१५ सम्म जापान मा धेरै राती सम्म नाच्न पाईदैन थियो।
  23. जापानमा एक यस्तो बिल्डिङ छ जसको बिचबाट हाइवे रोड जान्छ।
  24. जापानमा कालो बिरालोलाई भाग्यशाली मान्छन्।
  25. जापानमा ९० प्रतिशत मोवाइल  waterproof  हुन्छ्न किन कि जापान का मान्छेहरु नुहाउने बेला पनि मोवाइल प्रयोग गर्छ्न।
  26. जापान दुनियाँको यस्तो देश हो जहाँ सबै भन्दा आटोमोबाईल निर्माण हुन्छ।
  27. जापान मा सबै भन्दा यस्तो सडक हरु छ्न जसको नाम पनि राखेको छैनड्ड हरेक वर्ष हजारौ भुकम्प आउँछ, समाधान हुन्छ। तरपनि जापान दुनियाँ को तेस्रो आर्थिक शक्ति भएको देश हो।         (स्रोत– विभिन्न अनलाइन तथा पुस्तकहरुको सहयोगमा )
तपाईको प्रतिक्रिया