शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो-एसियाकै सबैभन्दा ठुलो भनिएको  ३० औ अन्तर्राष्ट्रिय फिल्म महोत्सव जापानको टोकियोमा शुरु भएको छ।

८८ देशका १५ हजार भन्दा बढी विभिन्न क्षेत्रका अभिनेता र निर्देशकहरुको सहभागिता रहेको सो महोत्सव बुधबार टोकियोमा उद्घाटन गरिएको हो ।

अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा १५ वटा फिल्म सर्वोच्च टोकियो ग्राफी पुरस्कारका लागि छनोट हुनेछन ।

जापान र विदेशबाट आएका अभिनेता र निर्देशकहरू सो कार्यक्रममा आउदा उनीहरुका समर्थकसंग हात मिलाउदै  तिनीहरूको  अटोग्राफहरू प्रदान गरेको दृश्य रोचक देखिन्थ्यो ।

विभिन्न देश र विधाका २०० भन्दा बढी चलचित्र प्रदर्शन गरिने उक्त्त महोत्सव ३ नोभेम्बरसम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया