बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो– नेवाः अन्तर्रािष्ट्रय फोरम जापानको वाार्षिक कार्यक्रम अन्तर्गत पर्ने म्ह:पूजा र नेपाल सम्वत ११३८ को अवसरमा यसवर्ष पनि विविध कार्यक्रम गरि सम्पन्न गरिएकोछ ।
नेपालको मिति अनुसार अक्टोबरको २० तारिक शुक्रवारको दिन परेता पनि विविध कारणले गर्दा अक्टोबर २२ तारिक आईतवारको दिन टोकियोको कितासुनाको हलमा सामुहिक रूपमा म्ह:पूजा गरि नेपाल सम्वत ११३८ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जापानस्थित नेपाल राजदूतावासका रेवन्त केसीले नेपाल सम्वत ११३८ को शुभकामना दिनुको साथै नेपालको सांस्कृति र कला झल्काउने परम्परालाई जापानमा पनि निरन्तरता दिदै जापानीहरूका माझ नेपालको मैलिकता र सांस्कृतिलाई चिनाउने कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

फोरम जापानका अध्यक्ष गंगा डंगोलले हाम्रो पहिचान भनेको हाम्रो आफ्नो संस्कृति हो , स्वदेश वा विदेश जहाँ रहेपनि आफ्नो संस्कारलाई बचाउनुपर्छ भन्दै फोरम जापानले आफ्नो स्थापनाकालदेखि म्ह:पूजा मनाउदै आईरहेको जानकारी गराउनु भयो ।
म्ह:पूजामा शरिरमा कुनै पनि प्रकारको रोग ब्यधा नलागोस् , निरोगी र दिर्घायुको कामना गरी शरिरको पूजा गरिएको थियो । सोहीै दिन नेवार समुदायको नयाँ वर्ष अथवा न्हूदयाँ पनि पर्ने भएकोले एकआपसमा शुभकामना आदन प्रदान गरी, मीठामीठा परिकारको भोजन तयार गरी नाचगान सहित हर्षोल्लास साथ मनाइएको थियो ।

तपाईको प्रतिक्रिया