शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो– किरात याक्थुङ चुम्लुङ जापानले वलिहाङ् तङ्नामा – ५०७७ तथा (शुभ दीपावली २०७४) कार्यक्रम गरी मनाएको छ । आइतवार टोकियोमा प्रत्येक वर्ष झैं यसवर्ष पनि वलिहाङ् तङ्नाम दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जापानका महासचिव हर्क गुरुङ्कको प्रमुख आतिथ्यता, तमुधीं जापानका अध्यक्ष श्री गुरुङ, शेर्पा संघका अध्यक्ष गेलु शेर्पा , थकाली सेवा समाजका अध्यक्ष बुद्दी गौचन, चितवन समाज जापानका कार्यवाहक अध्यक्ष इश्वरी कडेल ,पूर्वी नेपाल विकास सहकार्य जापानका उपाध्यक्ष कुमार कार्की ,आदिवासी जनजाति पत्रकार सघं जापानका अध्यक्ष शान्ता पहारी , किरात राई यायोख्खा जापानका सल्लाहकार दीपेन राई, मगर संघ जापानका अध्यक्ष रीता राना मगर लगाएत चुम्लुङका सल्लाहकार तथा संरक्षकहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सुदुर पूर्वी एक ऐतिहासिक तिर्थस्थल पाथिभरा मन्दिर परिसरमा तिर्थालु पर्यटकका लागि विश्रामालय तथा के (च्याव्रुङ) को प्रतिमा बनाउने योजनाको प्रस्तावना महासचिव लक्ष्मीहाङ आङ्बोले प्रस्तुत गरेको थियो । सोहि कार्यक्रममा चुम्लुङ जापानका प्रवक्ता देवेन्द्र लावतीको नेतृत्वमा लारिङ्गेक नाम्लिङ्गेक समेत खेलिएको थियो ।
संस्थागत विकास र आपसी सद्भावको लागि खेलिएको देउसी कार्यक्रममा नगद १ लाख ९ हजार येन संकलन भएको थियो । सो अवसरमा जापानमा रहेका अपेक्षा मादेन, रिना तिगेला, चन्द्र कुमार जवेगु लगायत अन्य कलाकारहरूले साँस्कृतिक सागितीक मनोरञ्जन गराएका थिए । चुम्लुङ जापानका अध्यक्ष सुमन लेछर्वो लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालकद्वय महासचिव लक्ष्मीहाङ् आङ्बो र सचिव मनकुमार तुम्साले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया