शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दोस्रो चरणमा चुनावी तालमेल मिलाउनै सकस परेको छ । निर्वाचन क्षेत्र बाँडफाँटको विषय पेचिलो बनेपछि दोस्रो चरणको चुनावी तालमेल हुने कि नहुने भन्नेमै अन्योल खडा भएको कांग्रेसका एक नेताले बताए ।

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल भए पनि दोस्रो चरणअन्तर्गतका मधेसका निर्वाचन क्षेत्रमा चुनावी तालमेल कठिन देखिएको हो ।

पहिलो चरणको तालमेलमा पनि सहमतिअनुसार कार्यान्वयन नभएको भन्दै कांग्रेस नेताहरू गठबन्धनमा आबद्ध दलसँग असन्तुष्ट छन् । कांग्रेसले नयाँ शक्तिलाई प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ सिट दिएको थियो । त्यस्तै राप्रपा (प्रजातान्त्रिक) लाई प्रतिनिधिसभामा १, राप्रपालाई प्रदेशसभामा २ र संघीय समाजवादी फोरमलाई प्रदेशसभामा १ सिट छाडेको थियो ।

यीबाहेक तालमेलमा सामेल सबै दलले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति भएको थियो । त्यसविपरीत राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० संघीय समाजवादी फोरम र नयाँ शक्तिबाटै उम्मदेवार परेपछि कांग्रेस झस्केको छ ।

कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसले छाडेका बाहेकका निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलबाट उम्मेदवारी नदिने सहमति भएको बताए ।

‘सहमतिविपरीत केही ठाउँमा उम्मेदवारी परेका छन्, त्यसलाई सम्बन्धित दलका शीर्ष नेताले फिर्ता गराउने भन्नुभएको छ,’ निधिले कान्तिपुरसँग भने, ‘दोस्रो चरणमा पनि लोकतान्त्रिक गठबन्धनमा रहेका सबै दलबीच तालमेल हुन्छ ।’

कांग्रेसको मुख्य जनाधार क्षेत्र मधेस हो । त्यही मधेसमा राष्ट्रिय जनता पार्टी ९राजपा० र संघीय समाजवादी फोरमले कांग्रेसले भन्दा आफूहरूले बढी सिट पाउनुपर्ने माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया