मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

स्रोत : एनएचके

टोकियो – जापानको सत्ताधारी गठबन्धनले आइतबार भएको तल्लो सदनको चुनावमा दुई-तिहाई बहुमत प्राप्त गरेको छ।

प्रधानमन्त्री  सिन्जो आबेले नेतृत्व गरेको  लिबरल डेमोक्रेटिक पार्टी अर्थात्  एलडीपीले एक्लै  २८३  सिट  प्राप्त गरेको छ जुन  बहुमतको लागि निर्धारित २३३  सिट भन्दा बढी  हो। एलडीपीको गठबन्धन साझेदार कोमेइतोले २९  सिटमा जित हासिल गरेको छ जसको कारण  सत्ताधारी गठबन्धनको  कुल ३१२ सिट भएको छ। जुन तल्लो सदनका लागि पर्याप्त दुइ तिहाई बहुमत हो ।

सोमवार बिहानसम्म लगभग सम्पूर्ण मतगणना परिणाम आइसक्दा सत्ताधारी गठबन्धनले तल्लो सदनको ४६५ सिट मध्ये ४६१ को नतिजा आइसकेको छ । यो गठबन्धनको लागि एक महत्वपूर्णपूर्ण उपलब्धि हो किनकी अब सरकारी कामकाजका लागि , विधेयक  पारित गर्न र संविधान संशोधन गर्नको लागि पर्याप्त अधिकार हुनेछ।

वर्तमान प्रधानमन्त्री समेत रहेका आबेले  जनताले स्थिर राजनैतिक अवस्थाको चाहनाका कारण यस्तो परिणाम आएकोले यो कुरालाइ  सत्ताधारी गठबन्धनले गम्भीर रुपमा लिएर कार्य गर्ने बताउदै  स्थिर राजनीतिक मंचको उपयोग गरेर आफ्नो नीतिहरु पालन गर्न  जरूरी रहेको छ। जनताका सकारात्मक आकांक्षाहरुलाई पूरा गर्नको लागि यथेष्ट प्रयास गर्नेछ र सम्पूर्ण परिणाम ल्याउनमा हरसम्भव प्रयत्न गरिने छ- आबेको भनाइ थियो ।

विपक्षी दल सीडीपीजे अर्थात्  कोंस्टीट्यूशनल डेमोक्रेटिक पार्टी अफ जापानले आफ्नो चुनावपूर्वको संख्या भन्दा तीन गुणा बढी  अर्थात ५४  सिट प्राप्त गरेको छ । जसका कारण तल्लो  सदनमा सबै भन्दा ठूलो विपक्षी पार्टी बन्ने  निश्चित जस्तै भएको छ।

सीडीपीजे अध्यक्ष युकिओ एदानोले आफ्नो दलले जनताका कुराहरुलाई ध्यान पुर्वक सुन्ने  र तल्लो तहसम्ममा आफ्ना राजनैतिक एजेण्डाहरु लगी चुनावका समयमा गरेका प्रतिज्ञाहरु पुरा गर्ने बताए ।

टोकियोका गभर्नर युरिको कोइकेको पार्टी होपले ४९ सिटमा जित हासिल गरेको छ । होप अध्यक्ष कोइकेले हार स्वीकार गर्दै भने – आफुलाई आफ्नो पार्टी पराजय भएकोमा धेरै दुख लागेको छ। कोइकेले आफुले सिन्जो आबेको सत्तामा पकड जमाउने आशा राखेको भएपनि त्यो सम्भव नभएकोमा चिन्ता व्यक्त गरे । कोइकेले आफ्नो  दल आलोचनाको शिकार भएकोमा खेद व्यक्त गर्दै  मतदाताहरुले आबेलाई  धेरै कडा जनादेश दिएको बताए।

सीडीपीजे र होप चुनाव अभियानको  सुरुसंगै गठन भएका दल हुन् ।

विपक्षी खेमा जापान कम्युनिस्ट पार्टीले  १२ सिट जित हासिल गरेको छ,  जबकि निप्पोन इशिन जापान इनोवेशन पार्टीलाई १०  सिट प्राप्त भएको  छ। सोशल डेमोक्रेट पार्टी जापानले  एक सीट प्राप्त गरेको छ ।  पार्टी फर जापानीज कोकोरो र नयाँ पार्टी दाइचिले तल्लो सदनमा  आफ्नो खाता खोल्न सकेनन ।

तपाईको प्रतिक्रिया