शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं -जिल्लामा वाम गठवन्धनमा  भएको टिकट विवाद मनोनयन दर्तापछि सुल्झिएको छ । प्रदेश क्षेत्र नम्वर १ (क) मा माओवादी केन्द्र र एमालेको टिकट जुधेपछि विवाद भएको थियो ।

दुवै पार्टीले केन्द्रबाट टिकट ल्याएको ४ दिनपछि मनोनयन दर्ताको दिनमा मात्र फेरबदल गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षका लागि टिकट पाएका विनाविभागीयमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको क्षेत्र नम्वर २ (ख) बाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै प्रदेश (ख) बाट उम्मेदवारी दिने तयारी गरेका माओवादी केन्द्रका जिल्ला संयोजक दुर्गबहादुर रावतले पुनः प्रतिनिधिसभाको उम्मेदवारी दिएका छन् । प्रदेश (ख) मा ४ दिनसम्म वाम गठवन्धनमाको टिकट कसैको नभए पनि आईतबार मात्र टुंगो लागेको छ ।

माओवादी केन्द्रका नेताविच सहमती भएपछि विवाद सेलाएको छ । तर, माआवादी केन्द्रको जिल्ला इन्चार्ज जीवन बुढाका अनुसार आफुलाई जानकारी नगरी टिकट मिलाइएको छ ।

प्रदेश क बाट नेकपा एमालेका तर्फबाट कुर्मराज शाही र प्रदेश ख बाट माओवादी केन्द्रले विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

संचार माध्यममा प्रदेश (ख) बाट नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) को उम्मेदवारी रहने भनिए पनि अन्ततः माओावादी केन्द्रले नै टिकट हात पारेर मनोनय दर्ता गरेको छ । गएको २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजय भएको एमालेमा दुई प्रदेश क्षेत्रमा टिकट नपाएपछि निकै समस्या आएको थियो ।

तपाईको प्रतिक्रिया