शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – राप्रपाबाट एमालेमा प्रवेश गरेका गुन्डा नाइके भनेर चिनिने दीपक मनाङेलाई एमालेले प्रदेशसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गरेसँगै मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका छन् ।
मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई उम्मेदवार नबनाउन एमाले स्थायी कमिटीका सबै नेता सहमत भएका हुन् । शुक्रवार मध्यरातमा भएको निर्णय अनुसार मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उहाँ एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता हुनुहुन्छ । उहाँ दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गर्नु भएको थियो ।
जिल्लाबाट सर्वसम्मत रुपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरुले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको छ । दीपक मनाङे एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया