बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । बिहान १० बजेदेखि जिल्ला निर्वाचन कार्यालयमा दलहरुले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गर्दैछन् ।

आज नै उम्मेदवारको मनोनयन दर्ता, साँझ दर्ता सूची प्रकाशन, ६ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ७ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय, सोही दिन उम्मेदवारको नामावली प्रकाशन, ८ गते उम्मेदवारको नाम फिर्ता लिने, सोही दिन अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका निर्वाचन आयोगले बनाएको छ ।

त्यस्तै, मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते मनोनयन दर्ता, सोही दिन दर्ता सूची प्रकाशन, १७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १८ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशन, १९ गते उम्मेदवारी फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

यसअघि नै आयोगले प्रत्यक्षतर्फ पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ देखि ८ गतेसम्म र दोस्रो चरणका लागि कात्तिक १६ देखि १९ गतेसम्मको निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको थियो ।

मंसिर १० गते पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी र बाग्लुङमा हुनेछ । यसैगरी मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पहिलो चरणमा नै निर्वाचन हुनेछ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । निर्वाचनको लागि ४ हजार ४ सय ६५ मतदान स्थल र २ हजार ९ सय ४६ मतदान केन्द्र कायम गरिएको छ । आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाड र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्दै छ ।

आयोगले दुईवटै सभाको निर्वाचन सँगसँगै तर दुई चरणमा मंसिर १० र २१ गर्दैछ । नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकै पटक हुन लागेको यो पहिलोपटक हो ।

तपाईको प्रतिक्रिया