शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी छनोट प्रक्रिया आज सुरु हुदैछ ।

आबदेन दिएका २ लाख ९४ हजार मध्ये ९८ हजार २ सय ६८ म्यादी प्रहरी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रबक्ता मनोज नेउपानेले ४ दिनको प्रक्रिया पश्चात सो संख्याका म्यादी प्रहरी नियुक्त गर्ने बताउनुभयो । उ

नीहरुको छनोट सम्बन्धित जिल्लाबाटै हुने उहाँले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीलाई ५५ दिनका लागी नियुक्त गर्ने जनाएको छ ।

उनीहरुलाई प्रहरी जवान सरहको तलब, रासन भत्ता, कपडाको भत्ता ४ हजार, यातायत खर्च १ हजार र खाजा खर्च उपलब्ध गराईने प्रबक्ता नेउपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया