शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो- नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै यसको संरक्षण र विकास गर्न उदेश्यका साथ नोभेम्बर  ११ र  १२ मा  एम्पायर हल अल्डरसटमा “इलायट इन्टरटेन्मेन्ट युके नेपाल” द्वारा “नेपाली साँझ-३” कार्यक्रम गर्न लागेको छ ।

नृत्य, गीत, संगीत तथा प्रहशनहरुको प्रस्तुति रहेको उक्त कार्यक्रममा हालै सम्पन्न भएको  नेपाल आईडलका तर्फबाट  गायक कलाकार  सुरज थापा , केन्जल मेहर श्रेष्ठ  र लोक गायक पवन रानामगर ,  गायिका तृष्णा गुरूड़्गका साथै  चर्चित हास्य कलाकार  जीतु नेपाल (मुन्द्रे) को  प्रस्तुती रहनेछ।

कलाकारहरूको प्रस्तुतीले बेलायतवासी नेपालीहरूका लागि मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला संस्कृतिलाइ विदेशमा पहिचान  गराउन सहयोग पुग्ने आयोजकले विस्वाश लिएको छ ।

कार्यक्रम हुने स्थान :
11th Saturday November :                     Greenford,London.
12th  Sunday November:-                      Empire Hall, Aldershot.

तपाईको प्रतिक्रिया