शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत भन्दा एक घण्टा अधि नै टीका ग्रहण गर्नुभएको छ ।

उहाँले बिहान १० बजेर ४५ मिनेटकै साइतमा भाइटीका ग्रहण गर्नुभयो । पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग उहाँकै निवास कमलादीमा टीका ग्रहण गर्नुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको बताए पनि ज्ञानेन्द्रले भने १० बजेर ४५ मिनेटको साइतमा टीका ग्रहण गर्नुभएको हो ।

टीका ग्रहण पछि पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया