बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा यसवर्ष दर्शनार्थीलाई मन्दिरमै पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यो मन्दिर वर्षको एक दिन भाइटीकाको दिन मात्रै खुल्छ ।  २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेपछि गएको दुई वर्ष मन्दिरको ढोकामै पूजा गर्ने व्यवस्था गरेकोमा यसवर्ष भने मन्दिरभित्रै दर्शन गर्ने व्यवस्था मिलाइएको पुरातत्व विभागले जनाएको छ ।

गएको वैशाखदेखि रानीपोखरी पुनर्निर्माणको जिम्मा आफै लिएको पुरातत्व विभागले रानीपोखरीको मन्दिरको मर्मतको काम गरिरहेको छ । अहिलेसम्म रानीपोखरी पुनर्निर्माणको एक तिहाइ काम सकिएको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया