बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – धेरै प्रदूषण हुने देशमा नेपाल छैठौं स्थानमा परेको छ ।

ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार बंगलादेश र सोमालिया प्रदूषणबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यस्तै चाड, नाइजर, भारत र नेपालमा प्रदूषणका कारण धेरैले ज्यान गुमाउने गरेका अध्ययनले देखाएको बिबिसीले जनाएको छ ।

अध्ययन अनुसार ६ जनामध्ये एक जनाको प्रदुषणका कारण ज्यान जाने गरेको छ । सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख मानिसको अकालमा ज्यान गएको अध्ययनले देखाएको हो ।

यस्तै विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशतको हकमा प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको अध्ययनले देखाएको छ ।

अकाल मृत्युका लागि पानीसँग सम्बन्धित प्रदूषणपछि वायु प्रदूषण दोस्रो ठूलो कारण भएको अनुसन्धानकर्ताले बताएका छन् ।

तपाईको प्रतिक्रिया