मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

नीदको गहिराइ र सपनाको आयु विछ्यौनाको कोमलतामा मात्रै निर्भर हुदो रहेछ । विगत केही वर्षदेखी अनिदो अनुभुती संगाली रहेको मलाई त्यस्तै लाग्छ । फराकिला र चिल्ला सडकहरु प्रविधिजन्य सुगमता पसिनाको उचित बजारभाउ यी सबै भएता पनि आफु नीरबताको कैदी भएको मलाई लागिरहेछ । सबै भएर केही नहुनुको पिडा शायद केही नभएर नै केही नहुनुलाई हुँदैन होला ।

आफ्नै छायालाई छोडेर हिंडेको हतारलाई पनि म हतार हतार सम्झिन्छु मेरो आगनमा फुलेको तिहार । जसै सम्झिन्छु आफ्नो छुटेको खुशी आनायासै आँखा घोरिन थाल्छन् निकै नीयालेर हेर्दा पनि देखिदैन । यहाँका सडकहरुमा भर्खर आमाले पोतेको आगनमा दौदिदै गएको मेरो भाइको पैतलाको आलो निसानी । तिहारको भोलीपल्ट वनभोजमा खेल्न आउँदैनन । समुन्द्रभन्दा ठुलो देखिने आकाशमा किन देख्दिन, म मेरो भाइको निधारमा जस्तो इन्द्रेणी प्रेम । आस्थाको साम्राज्यमा प्रश्न बर्जित छ महाशय ! तिमीले ईमेलको यूग भन्दैमा हामीले काग नचिन्न सक्दैनौ तिम्रो घरको च्यानल् गेट हेरेर हामी कुकुर प्रति अबिश्वास गर्न सक्दैनौ ,एटियमको तिम्रो शहरमा लक्ष्मी पूजाको दिन म लक्ष्मी न सम्झी कसरी बसौ ? घरको दैलोमा फुटाएको प्रेमको ओखरले कसरी मेरो भाइ हिंड्ने बाटो परास्त गर्छ त्यो मलाई थाहा छ ।

तिमी फराकिला आकाशको कुरा गर्छौ फराकिलो एअरपोर्टको कुरा गर्छौ समुन्द्रको चौडा छातीको कुरा गर्छौ देशको फराकिलो नक्साको कुरा गर्छौ घरको उचाइ र फराकिलो छतको कुरा गर्छौ महाशय खुशी सधैं अग्लो र फराकिलो चिजमा मात्रै हुँदैन । कवि मनु मन्जिलको कविता “पहरा को साघुरो बाटो “पढ्यौ भने बल्ल बुझ्ने छौ । कहिले काही साना कुराहरु मा पनि तिमी हामीले सोच्दै न सोचेको खुशी लुकेर बसेको हुन्छ । जस्तो कि मेरा भाइहरुको ती साना र अवोध निधारहरुमा छोडि आएको छु मेरो जीवनको जम्मै खुशीहरु ।

तपाईको प्रतिक्रिया