शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको छ ।

मतपत्र छपाईको जिम्मा पाएको जनक शिक्षाले हालसम्म १ करोडको हाराहारीमा मतपत्र छपाईको काम सकेको निर्वाचन आयोगका प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो । बाँकी मतपत्र छाप्न ६ दिन लाग्ने उहाँले बताउनुभयो ।

निर्धारित समयमै काम सक्न तहार बिदामा पनि मतपत्र छपाई कार्य जारी रहने उहाँले बताउनुभयो । केन्द्रले हाल २४ सै घण्टा तीन सिफ्टमा मतपत्र छपाईको काम अघि बढाएको जनाएको छ ।

समानुपातिक तर्फको मतपत्र छपाईको काम सकिएलगत्तै ९ गतेबाट प्रत्यक्ष तर्फको मतपत्र छाप्न सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले ८ गते दलहरुलाई चुनाव चिन्ह प्रदान गरेपछि त्यसको भोलीपल्टबाट प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु गर्ने आयोगको तयारी छ ।

प्रत्यक्ष तर्फपनि १ करोड ७० लाख मतपत्र छापिने प्रबक्ता ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया