शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

Rows of decontamination workers stand with their heads bowed.

टोकियो–विदेशी कामदारहरुले भाषाको समस्या र बच्चाहरुको शिक्षाको विषयले गर्दा जापानमा लामो समयसम्म बस्ने रुचि कम देखाएको चुकुवा विश्वविद्यालयका सह–प्राध्यापक जुनइची आकासीको धारणा रहेको छ ।
लामो समयसम्म विदेशी कामदारका विषयमा अध्ययन गरेका अकासीले जापानी कम्पनीहरुले कामदारहरुको उपलब्धी र क्षमताको मुख्य मापन संचार निपूर्णतामा जोड दिएकाले यो विदेशी विद्यार्थी र कामदारहरुका लागि मुख्य चिन्ताको विषय भएको बताएका छन् ।
‘जापानको घट्दो जन्मदर र वृद्धहरुको संख्यामा वृद्धिको बिचबाट अर्थव्यवस्थामा भएको विकासलाई कायम राख्नका लागि श्रमशक्तिको सुनिश्चितता गर्नु प्रमुख समस्या हो’ आकासीले आफ्नो अध्ययन पश्चात् भनेका छन् – रोजगारीको खोजीका लागि भाषाको समस्यालाई कसरी न्यूनिकरण गरी जापानी नागरिक र विदेशी कामदारका बिचमा सुमधुर सम्बन्ध स्थापना गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ ।
‘सरकारले न व्यवसायिक कामदारहरुको स्वीकार गर्दै लामो समयसम्म जापानमै राख्ने प्रयासप्रति ध्यान दिन थालेको छ , न त कामदारहरु त्यसप्रति उत्साहित नै छन् यो जापानका लागि प्रमुख चुनौतिको विषय हो ।’ आकासीको अध्ययनको निष्कर्ष रहेको छ ।
विदेशी विद्यार्थीहरुका लागि जापान अपेक्षाकृत रुपमा उदार रहेता पनि पश्चिमी विकसित देशहरुको तुलनामा विद्यार्थीहरुले रोजगारीको खोजी र सुनिश्चितता कम रहेको, यसको मुख्य कारण कम्पनीहरुले भाषालाई प्राथमिकता दिनु नै रहेको उनको भनाई रहेको छ ।
विदेशी कामदारहरुप्रति जापानले उच्च अपेक्षा राखेपनि लामो समयसम्म जापानमा रही रहनका लागि सरकारले ठोस नीति तर्जूमा गरेर अगाडि बढ्नुपर्ने आकासीको ठम्याई छ ।
१९९० को अन्त्यतिरबाट वृद्ध जनसंख्याको वृद्धि र जन्मदरको घट्दो क्रमले गर्दा विदेशी कामदार भित्राउने सरकारको नीति अनुरुप यस वर्षको जुनसम्ममा सबैभन्दा धेरै २४ लाख ७० हजार विदेशी कामदार रहेको, यो पछिल्लो वर्षको भन्दा १० लाख बढीरहेको बताइएको छ ।
सुरुका दिनमा विदेशी कामदारहरुलाई औद्योगिक क्षेत्रमा मात्र लगाएपनि २०१२ मा शिन्जो आबे प्रधानमन्त्री भएपछि सरकारले कृषि र नर्सिङ क्षेत्रलाई जोड दिएको छ । २०२० मा टोकियोमा हुने ओलम्पिक खेलका लागि भने उनीहरुलाई निर्माणको कार्यमा पनि सहभागी गराइएको छ । यस बाहेक विदेशीहरुले घरको रेखदेख लगाएत अन्य क्षेत्रमा पनि कार्य गर्न थालेका छन् ।
रोजगारी पाउन असफल विद्यार्थीहरुका लागि पनि एक वर्ष वा सो भन्दा बढी बस्न अनुमती दिन आवश्यक रहेको देखिन्छ । तर जापान सरकारले ओभरस्टेलाई कडाइका साथ लिने गरेको छ । जापानको यस्तो अनुकूल परिस्थितिमा पनि हरेक दुई विद्यार्थी मध्ये एकले अनिवार्य रोजगारी पाउन सक्ने अन्यलाई केही समस्या रहेको देखिएको छ । विद्यार्थी र नियक्तोको इच्छाका बिचमा केही अन्तर रहेको छ । अधिकांश कम्पनीहरुमा वरिष्ठताका आधारमा तलब सुविधा प्रणाली, आजीवन रोजगारीको व्यवस्था हुने गरेको छ ।

तपाईको प्रतिक्रिया